लुम्बिनीका प्रहरी नायव महानिरीक्षकद्वारा बर्दिया निरिक्षण
- बुधबार भदौ १५ , २०७९
चुरेकुञ्ज, गुलरिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले जिल्ला प्रहरी कार्यालय बर्दियाको निरिक्षण गर्नु भएको छ । जिप्रका बर्दियाको भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारीहरु, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गरी सम्वोधनसहित आवस्यक निर्देशन दिनु भएको हो ।
कार्यालयको निरिक्षण पश्चात प्रहरी नायव महानिरीक्षक उपाध्यायले बर्दियाको राजापुर नगरपालिका वडा नम्वर २ बालाबजार स्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको सभाहलमा राजापुर नगरपालीकाका प्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी, राजनैतिक दलका प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधिहरु पत्रकार समाजसेवी बुद्दीजिवी लगायतको उपस्थितीमा अन्र्तक्रिया कार्यक्रममा सहभागी हुनु भएको छ । ईलाका प्रहरी कार्यालय राजापुर र राजापुर नगरपालिका २ नम्बर वडा कार्यालयले संयुक्त रुपमा आयोजना गरेको राजापुर नगरपालिकाको शान्ति सुरक्षामा समुदाय र प्रहरी बिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा शान्ति सुरक्षाका सम्बन्धमा छलफल भएको छ ।
राजापुर नगरपालिका लगायत जिल्लाको समग्र शान्ति सुरक्षामा देखिएका चुनौतिहरु, यसका समाधानका उपायहरु, आम जनमानसमा प्रहरी प्रतिको धारणा, गुनासा र सुझावहरुका साथै शान्ति सुरक्षाका सम्बन्धमा समुदाय र प्रहरी बिच हुनुपर्ने सहकार्य तथा निकट भबिश्यमा हुन गईरहेको संघिय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्बाचनको शान्तिसुरक्षाका सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा छलफल भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिनुभयो ।