fbpx

बेवारिशे भरुवा बन्दुक बरामद

बेवारिशे भरुवा बन्दुक बरामद

चुरेकुञ्ज, बर्दिया । प्रहरीले जंगलमा वेवारिशे भरुवा बन्दुक फेला पारेको छ । मधुवन नगरपालिका वार्ड नम्वर ८ स्थित श्रीगणेश सामुदायिक बनमा लोडगरी राखेको अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी नायव निरिक्षक प्रदिप कार्कीको कमाण्डमा रहेको टोलीले सामुदायिक बनबाट लोड गरिएको भरुवा बन्दुक सहित बन्दुकमा प्रयोग गरिने वन्दोवस्तीका सामाग्री फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए ।

प्रहरीले भरुवा बन्दुक १ थान, बन्दुकमा लाग्ने छर्रा, गोली र बारुद फेला पारेको छ । भेटिएको बन्दुक र त्यसमा प्रयोग गरीने सामाग्री मुचुल्का गरी नियन्त्रणमा लिईएको शाहीले जानकारी दिए ।

तपाइको मत