बबई नदीको डुवानमा परेका बालकसहित १० जनाको उद्धार
- सोमबार भदौ १३ , २०७९
चुरेकुञ्ज, बर्दिया । सोमवार बबई नदीको बहाव उच्च भई डुवानमा परेका १० जनाको उद्धार गरिएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्वर ७ स्थित बठपुरमा डुवानमा परेका उनीहरुलाई उद्धार गरिएको हो ।
बर्दिया निकुञ्ज कार्यालय, देवीदत्त गण, ठाकुरबाबा नगरपालिका लगायतको सहयोगमा बबईको बाढी डुवानमा परेकाहरुलाई उद्धार गरिएको बर्दिया निकुञ्जले जनाएको छ । डुवानमा परेका ४ महिला, ३ बालक, ३ बृद्ध सहित १० जनालाई सकुशल उद्धार गरिएको निकुञ्जका वार्डेन विष्णुप्रसाद श्रेष्ठले जानकारी गराउनु भएको छ ।