विद्यालय कर्मचारी आन्दोलनमा शिक्षक महासंघको समर्थन
- सोमबार भदौ १३ , २०७९
हरिवंश पाण्डे, बर्दिया । विभिन्न मागराख्दै भदौ १ गते देखि आन्दोलनमा उत्रिएका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको आन्दोलनमा नेपाल शिक्षक महासंघ ठाकुरबाबाले पूर्ण समर्थन गरेको छ । विद्यालय कर्मचारीहरु भदौको पहिलो सातादेखि नैं उचित पारिश्रमिक र जागीरको सुनिश्चिता लगाएतको माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।
माइतीघर मण्डलामा धर्ना, विरोध र्याली प्रदर्शन, डिजिटल आन्दोलन, विद्यालय बन्द जस्ता आन्दोलनका कार्यक्रम तयगर्दै आन्दोलनगर्दै आएका छन् । अहिले सम्मको आन्दोलनका कार्यक्रममा सरकारले कुनै वास्ता नगरे पछि भदौ १२ देखि १८ सम्म एक हप्ता विद्यालय बन्द गर्ने कार्यक्रम अनुरूप अहिले अधिकांस सामुदायिक विद्यालय बन्द रहेका छन् । नेपाल शिक्षक महासंघ ठाकुरबाबा नगरकार्य समितिले एक प्रेस विज्ञप्ति निकाल्दै आन्दोलन प्रति ऐक्यवद्धता जनाएको हो ।
महासंघका अध्यक्ष बामदेव ढकालका अनुसार विद्यालय कर्मचारीहरुले संयमतापूर्वक आफ्ना माग सरकार समक्ष राखेको र सरकारले त्यस प्रति कुनै चासो नदेखाएको हुँदा विद्यालय कर्मचारीहरुको आन्दोलनमा महासंघको समर्थन रहेको जनाए । विद्यालय कर्मचारीले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएकोमा सरकारले कुनै चासो नदेखाएको प्रति गम्भीर ध्यानकर्षण भएको अध्यक्ष ढकालले बताए । महासंघमा आबद्ध नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठन सहित नेपाल शिक्षक महासंघ ठाकुरबाबा नगरकार्य समितिले पुर्ण ऐक्यताबद्धता सहित विद्यालय कर्मचारीहरुको आन्दोलनमा समर्थन रहेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।