मंगलबार लुम्बिनी प्रदेशमा तिजको सार्वजनिक बिदा
- सोमबार भदौ १३ , २०७९
हरिवंश पाण्डे, बर्दिया । लुम्बिनी प्रदेशको १२ वटा जिल्लामा मंगलबार सार्वजनिक बिदा दिईएको छ । भाद्र १४ गते महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा लुम्विनी प्रदेस सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेस सरकार मन्त्री परिषदको मिति २०७८ साल चैत्र २१ गरेको निर्णय अनुसार प्रदेश भर तीजको अवसरमा सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारको सो निर्णयलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ । संघीय सरकारले महिलाहरुलाई मात्र लागू हुने गरी हरितालिका तीजको बिदा दिने गरेको छ ।