fbpx

एकीकृत समाजबादी पार्टी बर्दियाद्वारा उम्मेदवार सिफारिस

एकीकृत समाजबादी पार्टी बर्दियाद्वारा उम्मेदवार सिफारिस

चुरेकुञ्ज, गुलरिया । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेस सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला कार्य समितिले बर्दियाका दुई संघीय र ४ प्रदेस क्षेत्रका लागि महिला सहितका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम तोकेको हो ।

प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर १ को उम्मेदवारका लागि कौशिला सिंह ठकुरी, बखत बहादुर खड्का र दिगेन्द्र राज आलेलाई सिफारिस गरेको नेकपा एसका बर्दिया अध्यक्ष प्रेम पोखरेलले बताउनु भएको छ । क्षेत्र नम्बर २ कालागि लोकमणी आत्रेय, बैद्यनाथ झा, जुना कार्की र बिसतिया थारु (थारु जनजाती कोटा) सिफारिस भएका हुन् ।

त्यस्तै प्रदेस सभा सदस्यका लागि बर्दिया क्षेत्र नम्वर १ (क) तर्फ डिलबहादुर केसी, यमुना बिक र डोङला थारु छन् । क्षेत्र नम्वर १ (ख) तर्फ प्रेम प्रसाद पोख्रेल, कमला घिमिरे र नारायण प्रसाद चौधरी र हरिशचन्द्र यादव (मधेसी कोटा) सिफारिस भएको उहाँले जानकारी दिनुभएको छ ।

प्रदेस सभा सदस्य क्षेत्र नम्वर २ (क) तर्फ दुर्गा बहादुर रिमाल, लक्ष्मीकान्त शर्मा, शान्ति चौधरी (थारु कोटा) र सुसिला थापा मगर जनजाती कोटामा छन् । क्षेत्र नम्बर २ (ख) तर्फ बमबहादुर रावल, शुजना थापा क्षेत्री, अग्नि प्रसाद अर्याल र पुनाराम थारु (थारु जनजाती कोटा) उम्मेदवारको लागि सिफारिस गरिएको अध्यक्ष पोखरेलले बताउनु भयो ।

तपाइको मत