fbpx

चुरेकुञ्ज साप्ताहिकको चाडपर्व लक्षित अफर

चुरेकुञ्ज साप्ताहिकको चाडपर्व लक्षित अफर

चुरेकुञ्ज, गुलरिया । बर्दियाको गुलरियाबाट प्रत्येक आईतबार साप्ताहिक रुपमा प्रकाशित चुरेकुञ्ज साप्ताहिक पत्रिकाले नियमित ग्राहकहरुका लागि दशै तिहार अफर लागु गरेको छ । अफर अन्र्तगत सशुल्क बार्षिक ग्राहक बन्ने पाठकहरुले बर्षभरी पत्रिका पढ्न पाउनुका साथै शुभकामना, सुचना सन्देश वा कुनैपनि २ वटा विज्ञापन पत्रिकामा छपाउन पाउने छन् ।

पत्रिकाको सामान्य बार्षिक ग्राहक बन्न मात्र ४८० रुपैया र दुईवटा विज्ञापन वापत चाडपर्व अफर रु. ५२० गरी १ हजार रुपैया कायम गरिएको चुरेकुञ्ज साप्ताहिककी ब्यवस्थापन प्रमुख विष्णु आचार्यले बताउनु भएको छ । धमाका अफरमा सहभागी हुन नचाहाने ग्राहकहरुका लागि सामान्य शुल्कमै बार्षिक ग्राहक बन्न सक्छन । तर धमाका अफर बार्षिक ग्राहकहरुले मात्र पाउनु हुन्छ । उहाँले भन्नुभयो स्थानिय पत्रिकाको प्रर्बद्धनका लागि धमाका अफरले सहयोग पुग्ने हाम्रो विस्वास छ ।

अफर बाहेक जुनसुकै बेला पनि पाठकहरु सामान्य शुल्कमा बार्षिक ग्राहक बन्न सक्नुहुन्छ । प्रेस काउन्सिल नेपालको ख वर्गमा वर्गिकृत चुरेकुञ्ज साप्ताहिक पत्रिका प्रकाशनको ११ औं बर्षमा प्रवेश गरेको बताउँदै प्रमुख आचार्यले थप्नुभयो बर्दिया जिल्ला भरी उत्कृष्ट कभरेज भएको चुरेकुञ्ज साप्ताहिक पत्रिकाको हरेक अंक विशेष छन् । पाठकहरुले सिधै (९८२४५९०९३४) नम्वरमा वा एजेन्टहरु मार्फत ग्राहक बन्न सकिने बताईएको छ ।

तपाइको मत