नेपालमा फक्रिँदै मार्शल आर्ट
- सोमबार चैत ३० , २०७७
चुरेकुञ्ज, बर्दिया । पेनकेक सिलात मार्शल आर्टका अन्तर्राष्ट्रिय नेपाली खेलाडी गोविन्द चौधरी नेपालमा भर्खर मार्शल आर्ट विस्तार हुन लागेकोमा खुशी छन् । देशमै पहिलो पटक बर्दियाको बारबर्दियामा राष्ट्रिय खेलको आयोजनाले खेलाडीहरुमा आशा पलाएको अनुभुति सुनाए । विश्वभर प्रख्यात रहेको आर्कषक खेल मार्शल आर्ट नेपालमा भर्खर फक्रिन थालेको उनको वुझाई छ ।
खेलका बारेमा अधिकांस नेपाली अनविज्ञ रहँदा विस्तार हुन सकेको छैन । चौधरीले भने मार्शल आर्टलाई ग्रामिण स्तरमा ब्यापक बनाउन बर्दियाको बारबर्दिया नगरपालिका स्थित धामपुरमा आयोजित प्रथम राष्ट्रिय पेनकेक सिलात मार्शल आर्ट प्रतिपर्धा उपयोगी हुन्छ । सरकारले खेललाई सहयोग पुर्याउने प्रयास गरेपनि त्यो पर्याप्त हुन सकेको छैन । अन्य खेलको तुलनामा मार्शल आर्टका लागि सरकारको लगानी न्यून छ । खेलप्रति चाख लिने खेलाडीहरुकै प्रयासमा खेलमा अब्बल हुने वातावरण वनेको छ ।
खेलाडीहरुले सिंगापुर ईण्डोनेशिया, भारत लगायतका देशहरुमा पुगेर मार्शल आर्टको तालिम लिन्छन् । राष्ट्रिय खेलकुद परिषदले खेलाडीहरुलाई समन्वय गर्ने गरेको प्रष्ट्याउँदै उनले थपे सन् २०१८ को विश्व मार्शल आर्टमा सिंगापुर र ईण्डो–नेपाल खेलमा जम्वु कास्मिरमा सहभागी हुने अवसर पाएँ । अन्य देशमा खेलको अवस्था धेरै राम्रो छ । नेपालमा पनि सरकारले महत्वपूर्ण भुमिका खेल्नुपर्छ । केन्द्र, प्रदेस र जिल्लाहरुमा खेल हल, रि®, कोच लगायत खेल पूर्वाधारहरुको उचित ब्यवस्था गर्नुपर्छ । पूर्वाधारको दयनिय अवस्था छ । नेपालमा मार्शल आर्ट भर्खर फुल्न लागेको छ । सबैले पहल गरी अब्बल खेलाडी उत्पादन गर्नुपर्छ । विदेशमा खेलको धेरै माग छ ।
नेपाल पेनकेक सिलात मार्शल आर्ट संघ बर्दियाका कार्यवाहक अध्यक्ष खिमबहादुर खड्काले विश्वभर आर्कषण रहेको मार्शल आर्ट खेल नेपालमा भर्खर शुरुवाती क्रममा रहेको बताए । मार्शल आर्टका ३५ खेलाडी मध्ये १ अन्र्तराष्ट्रिय, १४ राष्ट्रिय र बाँकी जिल्ला स्तरका खेलाडी छन् । नेपालका लागि मार्शल आर्ट नयाँ फरक खेल भएकाले धेरैलाई जानकारी नै नभएको खड्काको वुझाई छ ।