राजापुर नगरपालिकामा बालबिवाहको दर भयावय
- आइतबार भदौ १२ , २०७९
मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिकामा बाल विवाहको दर भयावह रुपमा बढ्दै गएको पाईएको छ । नगरपालिका भित्रका १० वटै वडामा गरिएको सर्बेक्षणमा बालविवाहाको दर बढ्दै गएको देखिएको हो ।
राजापुर नगरपालिकामा एक वर्षमा ९ सय ७० जनाको बिवाह भएको थियो । जसमा ४ सय ६५ बिवाह बालबिवाहमा पर्दछन् । जुन कुल बिवाहको ४८ प्रतिशत हुन आउँछ । राजापुर नगरपालिकाको वडा नं ७ र ९ मा धेरै छ । वडा नं ३ मा थोरै छ । बालविवाहमा केटाकेटीहरु आफैले गर्ने विवाह मात्र ९१ प्रतिशत रहेको छ । वाल विवाह पछि उनीहरुको शिक्षा आर्जन गर्ने कार्य करिव करिव पूर्ण रुपमा रोकिने र उनीहरु धेरै कृषि र मजदुरमा पुग्ने तथ्याङकमा देखाईएको छ ।
वालविवाहले वालवालिकाहरुमा शारीरिक, मानसिक समस्या बढाउने र अन्त्यमा ज्यानै फ्याक्ने खतरा बढेको तर्फ चिन्ता व्यक्त गरिएको छ । बढ्दो वालविवाह न्यूनीकरणका लागि सरोकारवाला स्थानीय तह, विद्यालय, समुदायका विभिन्न क्लवको समन्वय र सहकार्यमा वाल संरक्षण समितिले वडाका प्रत्येक टोलमा बालविवाहको विरुद्ध चेतनामुलक अभियान सञ्चालन गरिने बताईएको छ । बालविवाह विरुद्ध नगरपालिकाका सबै स्थानमा एकैपटक ¥याली सञ्चालन गर्ने, प्रत्येक विद्यालयमा बाल विवाहबाट हुने नकारात्मक असरहरुको बारेमा शिक्षाप्रदान गर्ने.।
बालवालिकाहरुलाई बालविवाह नगर्ने लिखित प्रतिबद्धता सङकलन गर्ने जस्ता कार्यक्रम गर्ने भएको छ । वालविवाह अन्त्यका लागि बनेका राष्ट्रिय रणनीति कानुन प्रावधान र कार्यान्वयन सम्बन्धि बाल अधिकार समितिको क्षमता अभिवृद्धि सम्बन्धि अभिमुखीकरण कार्यक्रममा सहभागिहरुले उठाएका थिए । राजापुर नगरपालिकाको आयोजना र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा बाँके युनेस्को क्लवको समन्वयमा अन्र्तक्रियात्मक कार्यक्रम मार्फत बाल विवाहको तथ्यांक सार्वजनिक गरिएको छ ।