सामुदायिक विद्यालयका शिक्षकले शिक्षिकालाई खुवाए दर
- शुक्रबार भदौ १० , २०७९
हरिवंश पाण्डे, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको संयोजनमा सोही वडामा रहेका ३ वटा सामुदायिक विद्यालयमा कार्यरत पुरुष शिक्षकहरुले महिला शिक्षक सहकर्मीहरुलाई बिहीबार हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा दर खुवाउँदै शुभकामना दिएका छन् ।
तीन वटै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु गरी ४० जनाको सहभागितामा कार्यक्रम आयोजना गरिएको नेरामाबि ठाकुरद्वाराका प्रधानाध्यापक बामदेव ढकालले जानकारी दिनु भयो । पुरुष शिक्षक साथीहरुको लागत सहयोगमा दर खुवाई कार्यक्रम आयोजना गरिएको कौशल्यश्वरी आबीका प्रअ शान्ति प्रसाद शर्माले बताउनु भयो ।
तीन वटा सामुदायिक विद्यालयमा कार्यरत पुरुष शिक्षकको दाजोमा महिला शिक्षकको संख्या धेरै रहेको र संयोगबस तीन वटै बिद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत महिला रहेको हुँदा एकै ठाउँमा भेला भएर तीज पर्वको शुभ कामना दिई दर कार्यक्रमको आयोजना गरिएको नेरामावि ठाकुरद्वाराका प्रअ ढकालले बताउनु भएको छ । यस कार्यक्रमबाट महिला शिक्षक दिदीबहिनीमा खुसीयाली छाएको र राम्रो कार्यको सुरुवात गरेकोमा तीन वटै सामुदायिक विद्यालयलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ठाकुरद्वाराका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधा चौधरीले धन्यवाद दिनु भएको भएको छ । वडा नम्वर ९ को वडा अध्यक्ष समेत महिला हुनुहुन्छ ।