fbpx

बढैयाताल गाउँपालिकामा बालअधिकार समिति पुर्नगठन

बढैयाताल गाउँपालिकामा बालअधिकार समिति पुर्नगठन


दलबहादुर सुनार, बढैयाताल । बर्दियाको बढैयाताल गाउँपालिकामा पालिका स्तरिय बाल संरक्षण समितिको पुर्नगठन गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोग तथा बढैयाताल गाउँ पालिकाको समन्वयमा बाँके युनेस्को क्लबको आयोजनामा बाल संरक्षण सम्बन्धि समिति पुर्नगठन गरिएको हो ।

बढैयाताल गाउँ पालिकाद्वारा निर्मित पहिला गठन गरिएको समितिको कार्यकाल समाप्ति भएपछि पुन अभिमुखीकरण कार्यक्रमगर्दै तिन बर्षे कार्यकालको लागि बाल अधिकार समिति गठन गरिएको छ । बढैयाताल गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीको संयोजकत्वमा बिभिन्न बिषयगत क्षेत्र, भुगोलको समाबेशीता हुनेगरि बाल अधिकार निति अनुसार समितिको पुर्नगठन गरिएको गाउँपालिकाले जनाएको छ ।

समितिको सदस्यहरुमा प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखाका प्रमुख, ईलाका प्रहरी कार्यालयका प्रमुख, उद्योग बाणिज्य संघका प्रतिनिधी, अपांगताको क्षेत्रवाट, बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको प्रतिनिधी, बाल संजाल वाट दुईजना, पत्रकारबाट एकजना, अध्यक्षले मनोनित गरेको दुईजना, उपाध्यक्षले मनोनिति गरेको एक जना र महिला बालबालिका शाखा सदस्य सचिब रहने गरि समिति पुर्नगठन गरिएको महिला बालबालिका शाखाकी निमित्त प्रमुख दुृर्गादेबी हमालले जानकारी गराउनु भएको छ ।

अभिमुखिकरण कार्यक्रम बढैयातालका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको सम्पन्न भएको छ । कार्यक्रममा बालबालिकालाई कसरी सहयोग गर्न सकिन्छ, बालबालिका हरुको सम्भाबित जोखिमको अवस्था, बालबालिकाहरुको लागि बनेका नीतिगत ब्यबस्थाहरु र उनीहरुको संरक्षण तथा सम्बद्र्धनका लागि स्थानिय सरकारको भुमिका तथा बाल अधिकार समितिको भुमिकाको बारेमा शान्त चौधरीले सजजिकरण गर्नु भएको छ । २५ जनाको सहभागिता रहेको बाँके यूनेस्को कल्बकी फिल्ड सुपर भाईजर लक्ष्मी थारुले जानकारी दिनुभएको छ ।

तपाइको मत