fbpx

बीपी प्रतिष्ठानमा ३० आईसीयु बेड थपियो

बीपी प्रतिष्ठानमा ३० आईसीयु बेड थपियो

धरान : स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आवश्यक उपकरणसहित ३० वटा आईसीयु बेड थप गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १८ करोड आर्थिक सहयोगमा प्रतिष्ठानले ३० आइसीयू बेड खरिद गरि जडान गरेको हो । दैनिक ३ हजार बढी बिरामी उपचारका लागि आउने प्रतिष्ठानमा आईसीयू बेड अभावका कारण बिरामीले सास्ती भोग्दै आएका छन्।
प्रतिष्ठानमा ३० बेड आईसीयू थपिएपछि बिरामीको उपचारमा सहज हुने भएको छ ।

प्रतिष्ठानमा आउने बिरामीहरुले दैनिक आईसीयू बेड नपाएका कारण महंगो शुल्क तिरेर विराटनगर, विर्तामोड र काठमाडौंका महंगा अस्पताल गएर उपचार गराउन बाध्य भएका थिए । सरकारले प्रतिष्ठानमा ३० बेड साईसीयू थप गरेपछि बिरामीको उपचारमा धेरै जहज हुने प्रतिष्ठानको आकस्मिक विभाग प्रमुख डा. ज्ञानेन्द्र मल्लले बताए ।

अति सिकिस्त भएर आउने बिरामीलाई आईसीयू बेड नभएका कारण अन्य अस्पतालमा रेफर गर्न बाध्य भएको उनको भनाइ छ । प्रतिष्ठानमा आईसीयू थपिएपछि अप्रेशन गरेका र दुर्घटनामा परेका बिरामीको उपचारमा सहज हुने डा. मल्लले बताए । स्वास्थ्यमन्त्रालयले उपलब्ध गराएका ३० बेड आईसीयूको जडान कार्य भइरहेको प्रतिष्ठानका प्रबक्ता डा. चुडामणि पोखरेलले बताएका छन् । उनले आईसीयू बेड जडान कार्य दुर्त गतिमा भइरहेकाले केहिदिन भित्रमा संचालनमा आउने बताए।

प्रतिष्ठानमा हाल कोभिड अस्पतालमा १५, प्रतिष्ठानको वाल एनआईसीयू, सर्जरी आईसीयू र सेन्टर आईसीयू गरी कूल ५१ आईसीयू बेड सञ्‍चालनमा छन् । थप गरिएका ३० बेडसहित प्रतिष्ठानमा ८१ आईसीयू सञ्‍चालनमा आउने प्रबक्ता पोखरेलले जानकारी दिएका छन् ।

डाइलासिस बेड पनि थपियो

बीपी प्रतिष्ठानमा मिर्गौला बिरामीको उपचारका लागि सहज बनाउन थप १२ वटा डाइलासिस बेड थप गरिएको छ । प्रतिष्ठानमा डाइलासिस बेड अभावका बिरामीहरु महंगोमा उपचार गर्न बाहिर जान बाध्य थिए। प्रतिष्ठानमा ८ वटा मात्र डाइलासिस बेड हुँदा मृगौला रोगका बिरामीले समयमै उपचार पाएका थिएनन्।

बेड थपिएपछि बिरामीहरुको उपचारमा जहज हुने भएको छ । प्रतिष्ठानमा उपकरणसहितका आईसीयू र डाइलासिस बेड थप गरेसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले अनुगमन गरी बिरामीको स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रतिष्ठानका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

उनले उपचारबिना कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै जनताको स्वास्थ्य उपचारमा लापरवाही नगरी गम्भीर बन्न प्रतिष्ठानका चिकित्सकलाई सजग गराएका छन् । मन्त्री खापुङले प्रदेश १ का जनताको उपचारमा सहयोग पु¥याउनका लागि बीपी प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराई आइसीयू र डाइलासिस बेड थप गरिएको बताए ।

साभार : अन्नपुर्ण अनलाइन

तपाइको मत