नेपालको टिक टक क्रान्तिमा सुगो जोडी
- बिहिबार भदौ ९ , २०७९
केशब कोइराला, बर्दिया । नेपालको टिक टक लाइभमा दैनिक १० लाख बढी भिवर्स उतार्न सफल सुगो जोडीले प्रतिभा लाई प्रतिस्थापन गर्न टिकटकमा अभियानको थालनी गर्नुभएको छ । सुगो अर्थात सुन्दर थापामगर र गोबिन्द चापागाईं ।
सिद्धार्थ नगरपालिका १ भैरहवाका थापामगर र अमेरिकाको न्युजर्शिका चापागाईंले पछील्लो समय सबैको लोकप्रिय सामाजिक संजाल टिक टकमा थारु भाषाको गित दिन बने मोर रात बने बोलको गितमा उत्कृष्ट अभिनय गर्ने ५ जनालाई जनहि २१ हजारका दरले प्रोत्साहन सोरुप पुरुस्कार प्रदान गर्दै हुनुहुन्छ । पुरस्कार यहि भाद्र ११ गते प्रदान गरिदै छ । गितमा हालसम्म ३ हजार बढी टिकटक प्रेमीले अभिनय गरिसकेका छन् । उत्कृष्ट प्रस्तुति गर्नेहरु मध्य बाट गोला प्रथा मार्फत छनौट गरिने सुगो जोडीले जनाएको छ । बर्दियाका कलाकार आर के थारु र अन्नु चौधरीले गितमा आवाज दिएका छन ।
यो सुरुबाती अभियान भएको र यसलाइ फराकिलो बनाउदै आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्नबाट बञ्चित छात्र छात्राहरु लाई अनलाइन मार्फत कम्प्युटर बिज्ञान अध्ययनमा सहयोग प्रदान गर्नकालागी तयारी गरिरहेको सुगो जोडीले जनाएको छ । अभियानमा उपेन्द्र खतिवडा रमेशकुमार अधिकारी, सन्ध्या डोटेल, तुल कटुवाल, अमेरिकी नागरिक इटामोर लगायतको संलग्नता रहेको छ ।