fbpx

बढैयातालको जनतानगरमा बाघ देखिएपछि भागाभाग

बढैयातालको जनतानगरमा बाघ देखिएपछि भागाभाग


दलबहादुर सुनार, बढैयाताल । निकुञ्ज आसपासमा देखिने बाघ बढैयाताल गाउँपालिकाको जनतानगर चोकमा एकाएक देखिएपछि स्थानियहरु भागाभाग गरेका छन् । बुधबार बिहान करिब ६ बजेको समयमा बच्चासँगै पाटे बाघ देखिएपछि कामका लागि बिहानै हिडेका मजुदर लगायत स्थानियहरुको भागाभाग भएको हो ।

बढैयाताल गाउँपालिका वडा नम्बर ७ अन्तरगतको सामुदायिक बनका हेरालु बाघका प्रत्यक्षदर्शी अर्जुन गिरी भन्नुहुन्छ, “पहिला पनि बाघ देखिन्थ्यो तर बुधवार बिहान चोकका दुई वटा बच्चा सितको माउ बाघ देखियो ।, “बिहान ६ बजेदेखि ७ बजे सम्म र राती ८ बजे पछि बाटोमा देखिन थालेको उहाँले बताउनुभयो ।”

स्थानिय बिष्णु प्रसाद थारुका अनुसार, “करिब एक वर्ष पहिला जंगलमा देखिएको बाघ अहिले गाउँ बस्तिमा आउन थालेपछी जंगलको आसपासमा रहेका मुक्तकमैया र सुकुम्वासी बस्तीका जनता जोखिममा रहेका छन् ।”, “जंगल र खोला नालाले घेरेको ति गाउँ बस्तिका किसानले पालेका बाख्रा, सुंगुर बंगुर खान पल्केको बाघ अब मान्छे पनि खानेहोकी भन्ने डरत्रासमा बस्नु परेको वडा सदस्य समेत रहेका थारु बताउनु हुन्छ ।”

बर्दिया र बाँके निकुञ्जका बाघले मान्छे खायो भन्ने समाचार सुन्दै आएका स्थानिय अब आफ्नै गाउँका स्थानियको पो समाचार बन्ने हो की भन्ने त्रासमा छन् । “एकाएक साँझ बिहान चोक चौराह र बाटोमा बाघ देखिन थाले पछि स्कुले बिद्यार्थी र मजदुरहरु बढि जोखिममा रहेको”, वडा नम्वर ९ का वडा अध्यक्ष बिरबहादुर थारु बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “किसानले पालेका बस्तु र खेती पातीमा जंगली जनावरले क्षेती पुर्याउदै आएको थियो, अब गाउँ आसपासमा बाघनै देखिन थालेपछि ठुलै मानविय घटना नहोला भन्न सकिन्न ।”

त्यसैले सुरक्षाको लागि स्थानिय प्रहरी, सामुदायिक बन, जिल्ला बनका प्रतिनिधी र स्थानियहरुको सहभागितामा केही दिनमा छलफल शुरु गर्ने वडा अध्यक्ष थारुको भनाई छ । रातिको समयमा गस्तिमा हिड्ने क्रममा जनता नगरको पिच बाटोको छेउमा बाघ देखेको प्रहरी चौकी सितलाबजारका ईन्चार्ज प्रहरी सहायक निरिक्षक खिम बहादुर डांगीले बताउनु भएको छ । जंगलमा जोडिएको बाटो भएको र रातीको समयमा बाघ बाटाको छेउछाउमा आउने हुँदा गस्तिमा हिड्न जोखिम भएकोले साबधानी अपनाएर बस्न र यात्रा गर्न स्थानिय लाई असई डांगीको सुझाब छ ।

पाटेबाघ फाईल तस्विर ।

तपाइको मत