गुलरिया–मूर्तिहा सरयु पुल सम्पन्न नहुँदा यात्रुलाई समस्या
- मंगलबार भदौ ७ , २०७९
मुरली गोडिया, गुलरिया । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्वर ८ स्थित नेपाल–भारत मुर्तिहा नाका नजिक सुरजपुर गाँउमा अवस्थित सरयु नदिमा पुल निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण सम्झौता भन्दा ३ बर्ष ढिलाई भएको नयाँ पुल समयमै निर्माण सम्पन्न नभई ठेकेदार बेपत्ता हुँदा स्थानिय यात्रुहरु मात्र होईन भुक्तानी नपाएका श्रमीकहरु समेत पिडित छन् । पुल निर्माण सम्पन्न भई हस्तान्तरण हुन नसक्दा स्थानीय यात्रुहरु समस्यामा परेका छन् ।
सरयु नदिको पुल निर्माण सम्पन्न हुन सकेको छैन । पुल निर्माण सम्पन्न गर्न सम्झौता समय भन्दा ३ बर्ष ढिलाई भएको छ । चालु अवस्थामा रहेको पुल साँघुरो र जिर्ण बन्दै गएपछि हामीलाई विभिन्न समस्या व्योहोर्नु पर्छ स्थानिय शिक्षक दीप घर्तीमगरले बताउनु भयो । दैनिक साना ठूला सवारी साधन गुड्ने पुरानो पुलमा आज भोली जोखिम मोल्नु पर्छ उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय मार्गको रुपमा समेत रहेको मूर्तिहा नाकामा पर्ने पुल निर्माण हुन नसक्दा आवत जावत गर्ने स्थानिय तथा बाह््य मानिसहरुलाई समेत समास्या पर्ने गरेको छ ।
कुनैे सवारी साधन पुलमा गुडेपछि अन्य सवारी साधन बाटो पारगर्दा सम्म पुल पारी नै कुर्नुपर्ने अवस्था छ । स्थानिय नन्द बहादुर रावत भन्नुहुन्छ नेपाल सरकारले निर्माण गर्ने सार्वजनीक संरचनाहरु दिर्घकालिन साँेचका साथ डिजाईन नगरि निर्माण गर्दा यस्ता समस्या भोग्नु परेको हो । सरयु नदिको पुल समयमा बन्न नसक्दा आवत जावत गर्ने यात्रुलाई झनै समास्या भएको छ । निर्माण हुन लागेको ५–६ वर्ष विति सक्दा समेत निर्माण कम्पनीका ठेकेदारको उपस्थिती छैन । पुल समयमा निर्माण सम्पन्न गरि यथा शिघ्र समस्याको समाधान गर्न उहाँको माग छ ।
२०७३ साल आसार ५ गते विटी शिवराम जेभि काठमाण्डौले पुल निर्माणको जिम्मेवारी पाएको हो । सुरुमा शिवराम जेभिले कामको ठेक्क लिएपनि १ ओटा पिलर निर्माण गरि भागेको र पछि पिटी कन्ट्रक्सनले लिएपछि कार्य अघि बढेको हुलाकी सडक अयोजना नेपालगञ्ज कार्यालयका गागल भण्डारीले बताउनु भयो । पछिल्लो समय नेपाल सरकारले गत असार सम्म सम्पन्न गर्नुपर्ने कार्य नभए पछि १ पटक १ वर्षका लागी म्याद थप गरेको हुँदा आउँदो पुष सम्मका लागी म्याद थप गरेको तर कार्य नभएको खण्डमा कालो सुचिमा राख्ने भण्डारीको भनाई छ ।