fbpx

संस्थागत र निजि विद्यालयको गुणस्तर फरक : दिपेश थारु

संस्थागत र निजि विद्यालयको गुणस्तर फरक : दिपेश थारु


केशव कोईराला, बर्दिया । राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले सामुदायिक बिद्यालयमा अध्यापन गराउने शिक्षकले अध्यापन गराउँदा नतिजा खस्कने तथा उनै शिक्षकले निजि बिद्यालयमा अध्यापन गर्दा नतिजा राम्रो आउनेभन्दै शिक्षाको गुणस्तरियता माथि प्रश्न गर्नुभएको छ । राजापुर क्षेत्रका संस्थागत बिद्यालय संघ राइसाले राजापुरमा नबनिर्बाचित पदाधिकारीहरुका लागी आयोजना गरेको सम्मान कार्यक्रममा यस्तो बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख थारुले शिक्षण सिकाईको गुणस्तरियता माथि अनुसन्धान अपरिहार्य रहेको बताउँदै सस्थागत बिद्यालयको शुल्कमा एकरुपता ल्याउन सुझावदिनु भयो । राजापुर क्षेत्रमा बस्ने बिपन्न र द्वन्द्व पीडित परिवारको आर्थिक स्तर कमजोर भएकाले उनका बालबालिकालाई छात्रवृत्ति दिनुपर्ने आवस्यकता रहेको प्रमुख थारुले औल्याउनु भयो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख मनकला कुमारी चौधरीले राजापुर क्षेत्रको शिक्षामा संस्थागत बिद्यालयको भुमिका महत्वपुर्ण रहेकाले अतिरिक्त क्रियाकलापमा संस्थागत बिद्यालयलाइ समेट्ने पालिकाको तयारी रहेको बताउनु भयो ।

वडानम्बर ६ का अध्यक्ष असराज न्यौपानेले आफुहरुलाई सम्मान गरेकोमा धन्यवाद दिदै गुणस्तरिय शिक्षामा कटिबद्ध भएर लाग्न सुझाउनु भयो । राइसाका अध्यक्ष मुत्यारु हमालको अध्यक्षतामा आयोजित कार्यक्रमको सचीव चन्द्र बहादुर बिकले संचालन गर्नु भएको थियो । कार्यक्रममा राइसाका पदाधिकारी, विभिन्न बिद्यालयका शिक्षक, बिद्यार्थी सहभागी थिए ।

तपाइको मत