fbpx

स्वर्गिय दिपबहादुर रानाको स्मृति दिवसमा निःशुल्क दन्त शिविर

स्वर्गिय दिपबहादुर रानाको स्मृति दिवसमा निःशुल्क दन्त शिविर


अञ्जु थारु, गुलरिया । स्वर्गिय दिप बहादुर रानाको १० औं स्मृति दिवसको अवसरमा बर्दियाको सदरमुकाम गुलरियामा निःशुल्क दन्त शिविर सम्पन्न गरिएको छ । स्व. दिप बहादुर राना फाउण्डेसनको आयोजना तथा दिप डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा ४ दिने शिविर आयोजना गरिएको हो ।

विहान ९ बजे देखि वेलुकी ५बजे सम्म गरिएको निःशुल्क दन्त शिविरमा २ सय ८५ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएको दिप सेवा डेन्टल क्लिनिककी डाक्टर सुनिता पुनले जानकारी दिनुभयो । शिविरमा दाँत उखेल्ने, औषधी, एक्सरे तथा परामर्श सेवा निःशुल्क उपलब्ध गराईएको उहाँको भनाई छ । त्यस्तै दाँत सफाई, दाँतको जरैदेखि उपचार गर्ने लगायतका कार्यको २० प्रतिशत छुटमा सेवा उपलब्ध गरिएको डा. पुनले जानकारी दिनुभयो ।

तपाइको मत