fbpx

ठाकुरबाबा नगरपालिकामा हात धुने अभियान शुभारम्भ

ठाकुरबाबा नगरपालिकामा हात धुने अभियान शुभारम्भ

भिमा कंडेल बर्दिया । ठाकुरबाबा नगरपालिकामा नेपालमै पहिलो पटक हात धुने अभियान सुरु गरिएको छ । गेरुवा ग्रामीण जागरण संघको प्राविधीक सहयोगमा हात धुने अभियान शुरु गरिएको हो ।

नेपालको संविधानमा उल्लेखित नागरिकको मौलिक हकहरुमध्ये स्वास्थ्य र सरसफाईलाई कार्यान्वयन गर्न र सन् २०३० सम्ममा हासिल गनृुपर्ने दिगो विकास लक्ष्य नम्बर ६ खानेपानी तथा सरसफाई हासिल गर्न नगरपालिकाले थप अध्ययन गरिरहेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताउनुभयो । पुर्ण हात धुने अभियानमा विक्रम सम्वत् २०८० भित्रमा सबै घर, सार्वजनिक तथा निजी सेवा प्रदायक संस्थाहरुमा साबुनपानी सहित हात धुने स्थान सुनिश्चित गर्ने रणनीतिक लक्ष्य नगरपालिकाले लिएको छ ।

विशेष गरी पुर्ण हात धुने कार्यको दिगोपनका लागि वार्षिक बजेट विनियोजन गरी निरन्तरता दिने, नगरपालिकाका सबै घर, विद्यालय, संघसंस्था र कार्यालयहरुमा आ–आफ्नो क्षमता अनुसार सबैको पहँुच हुने गरी हात धुने स्थान बनाउने प्रतिवद्धता गरिएको पालिकाले जनाएको छ । ठाकुरबाबा नगरपालिकाका जनप्रतिनीधि तथा कर्मचारी, शिक्षक, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनीधि, बैक तथा बित्तिय संघ संस्थाका प्रमुख तथा प्रतिनीधि, राजनैनिक दलका प्रमुख तथा प्रतिनीधि लगायतको उपस्थितीमा हात धुने अभियान शुरु गरिएको छ ।

तपाइको मत