ठाकुरबाबा नगरप्रमुखको तलबभत्ता विपन्नलाई सहयोग
- आइतबार भदौ ५ , २०७९
भिमा कंडेल, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले निर्वाचनका समय आफु मेयर भएपछि जनतालाई सेवा दिने भनि गरेका बाचा पुरागर्दै अगाडी बढेको बताउनु भएको छ । चुनावका समयमा राज्यबाट पाउने सम्पुर्ण सेवा सुविधा नगरप्रमुखमा जितेपछि जनताको सेवामा लगाउने प्रतिवद्धता प्रमुख लम्सालले गर्नु भएको थियो ।

चुनाव जिते आफुले राज्यबाट पाउने सेवा सुविधाको रकम गरिब, दुःखी र अफ्ठ्यारोमा परेका नगरवासीको शिक्षा, स्वास्थ्य तथा अन्य आधारभुत क्षेत्रमा खर्च गर्ने बाचा अनुसार काम अघि बढाएको नगर प्रमुख लम्सालले बताउनुभयो । चुनाव जितेपछि नगर पालिकाबाट प्राप्त भएको सेवा सुविधाको रकम र अन्य संघ संस्थाबाट बैठक तथा गोष्ठिमा सहभागी हुँदा प्राप्त बैठक वापतको १ लाख १३ हजार ३ सय ३५ रुपैया रकम मध्ये ७५ हजार रुपैया भदौ ४ गतेसम्म सहयोग स्वरुप प्रदान गर्नु भएको तिलकराम लम्साल राहत कोषले जनाएको छ ।

बाँकी ३८ हजार २ सय १३ रुपैया राहत कोषबाट संचालित कृषि विकास बैकको खातामा मौज्दात रहेको जनाईएको छ । नगरप्रमुखले ठाकुरबाबा नगरपालिकामा तिलकराम लम्साल राहत कोष निर्माण गरी कोष मार्फत सहयोग शुरु गर्नु भएको हो । नगरप्रमुख लम्सालको कार्यको स्थानियले सह्नागर्दै आएका छन् ।