fbpx

बर्दियाको मानखोलामा डुबेर दुई बालकको मृत्यु

बर्दियाको मानखोलामा डुबेर दुई बालकको मृत्यु


हरिवंश पाण्डे, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका स्थित मान खोलामा शुक्रबार अपरान्ह् नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका वार्ड नम्बर ४ का १२ बर्षिय आयुष तिरुवा र १३ बर्षिय गौरव भुजेलको नुहाउने क्रममा मृत्यु भएको हो ।

नुहाउने क्रममा बेपत्ता भएको खबर पाए लगत्तै प्रहरी खोज तलासमा लागेको र खोजी गर्ने क्रममा उनीहरको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पठाईएको छ ।

तपाइको मत