fbpx

मानव बेचविखन नियन्त्रण गर्न वडा वडामा समिति गठन

मानव बेचविखन नियन्त्रण गर्न वडा वडामा समिति गठन


दलबहादुर सुनार, बढैयाताल । मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न वडा स्तरीय समिति गठन कार्य लाई तिब्र पारिएको छ । भारतिय सिमासंग जोडिएका मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँ पालिकाका सबै वडाहरुमा मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न वडा स्तरीय समिति गठनलाई तिब्र पारिएको हो ।

माईती नेपालको हाम्रो सम्मान परियोजना मार्फत वडाहरुको समन्वयमा सबै क्षेत्र र भुगोल समेट्ने गरी नियन्त्रण समिति गठन गरिएको संस्थाले जनाएको छ । वडा स्तरीय समिति गठन गर्ने क्रममा बढैयाताल गाउँ पालिका वडा न. ७ का वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा १३ सदस्य समिति गठन गरिएको छ ।

समितिको सदस्य सचिबमा वडा सचिब रणबहादुर रावत, सदस्यहरुमा कालिका प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक शालिकराम न्यौपाने, शिक्षकको तर्फवाट जोधा आधरभूत बिद्यालयका प्रधानाध्यापक ईन्द्र बहादुर भण्डारी, बाल क्लब संजाल वाट दुर्गा लुईटेल, किशोरी संजालबाट सिता थारु, महिला सदस्य जिता शर्मा, बाल संरक्षण समिति वाट कृष्णराम थारु लगाएत समितिमा रहेको सम्मान परियोजनाकी फिल्ड संयोजक गोमा नेपालले जानकारी गराउनु भएको छ ।

मानब बेचबिखन तथा ओसार पसार रोक्न र बालबालिकाको हित बिरुद्धका गतिबिधी नियन्त्रमा सहयोग पुर्याउने उद्दश्यले समिति गठन गरिएको हो । समितिको बैठक प्रत्येक महिना बस्ने र प्रत्येक सदस्यले टोलटोलमा किशोर किशोरीको तथ्यांक संकलन गर्ने निर्णय गरेको समितिले जनाएको छ ।

तपाइको मत