fbpx

नेपाल राष्ट्रिय मावि बारबर्दियालाई ६ कोठे भवन हस्तान्तरण

नेपाल राष्ट्रिय मावि बारबर्दियालाई ६ कोठे भवन हस्तान्तरण


मुरली गोडिया, गुलरिया । बार्दियाको बारबर्दिया नगरपालिका वडा नम्वर ३ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा निर्मित ६ कोठे भवन उद्घाटनसँगै हस्तान्तरण गरिएको छ । बेलवाबज्जा गाँउमा अवस्थित विद्यालयमा नवनिर्मित शौचालयसहितको ६ कोठे दुई तल्ले, बालमैत्री, अपागंता मैत्री भवनको महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गर्नु भएको हो ।

स्याक नेपालले प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सिस्टर परियोजना मार्फत १ करोड २० लाख २६ हजार ३ सय ५० र बारबर्दिया नगरपालीकाको ९ लाख गरि कुल १ करोड २९ लाख २६ हजार ३ सय पचास रुपैयाको लगानीमा भवनहरु तयार भएका हुन । भवन उद्घाटन समारोहमा स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले शैक्षिक भवनको संरक्षण बिद्यालय व्यवस्थापन समिती एवं नगरपालीकाले गर्ने गरि प्रधानाध्यापक मुकुन्द प्रसाद पौडेल र बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष सुकै थारुलाई हस्तान्तरण पत्र प्रदान गर्नुभयो ।

प्लान इन्टरनेशनल नेपालले विभिन्न जिल्लामा जनमैत्री कार्यक्रम माफर्पmत ग्रामिण क्षेत्रमा पनि भुकम्प तथा बालमैत्री अपागंता मैत्री संरचना निर्माण कार्य गरेकोमा सहयागी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले प्लान नेपाल र स्याक नेपालले सामाजिक क्षेत्रको काममा महत्वपुर्ण भुमिका खेलेकाले अगामी दिनमा नवनिर्मित संरचनाले बालबालीकाको सिकाइमा प्रत्यक्ष लाभ पुग्ने भन्दै दीगो संरक्षणमा पहल गर्नुपर्ने बताउनु भयो ।

प्लान इन्टरनेशनल नेपालकी क्षेत्रिय प्रबन्धक मिना पराजुलीले भौतिक पुर्वाधारले मात्र नभई बालमैत्री कक्षा संचालन, बाललबालीकाको सिकाइ उपलब्धी दरको तथ्याङ्क, बालबालीकाको निम्ति भयरहित बाताबरणको निर्माण लगायतका क्षेत्रमा सुधार मिल्ने अपेक्षा राखेको बताउनु भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलवाबज्जाको बिद्यालय व्यवस्थापन समितीले भवन निर्माणमा सहयोगीलाई सम्मान पत्र समेत प्रदान गरेको छ । समितीले बारबर्दिया नगरपालीका, प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सारेकार मंच, स्याक नेपाल बाकेलाई प्रशंशा पत्र प्रदान गरेको हो ।

परियोजनालाई समयमा सम्पन्न गर्न सहयोगी भुमिका खेलेको भन्दै परियोजना प्रमख लक्ष्मी प्रसाद शर्मा, रामबहादुर रावल, फोकल व्यक्ति कैलाश मान श्रेष्ठ र प्लान इन्टरनेशनल नेपालका इन्जिनियर राजु खत्रि र निर्माण कम्पनीलाई सम्मान–पत्र प्रदान गरिएको छ । कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल केन्द्रिय कार्यालयका अभियान संचार निर्देशक प्रशेन खाती, निति प्रैरबि र सरकार सम्बन्धका प्रबन्धक मदन राज जोशी, प्रमुख जिल्ला अधिकारी, बन्धुप्रसाद बास्तोला, नगरप्रमुख छविलाल थारु, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाही, विषयगत शाखा प्रमुखहरु, स्थानिय जनप्रतिनिधी, शिक्षक, संस्थाका प्रतिनिधी, विद्यार्थी लगायतको उपस्थिती कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम विभिन्न सांस्कृतिक झाँकी, नृत्य एवं गाईजात्रा लगायतका प्रस्तुति रहेका थिए ।

तपाइको मत