fbpx

बालविवाह न्यूनिकरणका सवालमा छलफल

बालविवाह न्यूनिकरणका सवालमा छलफल


संजय आचार्य, बर्दिया । बाल बिबाह चाडै तथा जबरजस्ती गरिने न्यूनिकरण परियोजना अन्र्तगत बाल विवाह न्यूनिकरणमा पत्रकारको भूमिका बिषयक एक दिने अन्र्तक्रिया बैठक बर्दियाको गुलरियामा सम्पन्न भएको छ । सोमबार भएको अन्र्तक्रिया बैठकमा बाल विवाह न्यूनिकरणमा पत्रकारको भूमिका बारे छलफल गरिएको हो ।

बालविवाह न्यूनिकरणका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने कार्यक्रमका सहभागीहरुले बताएका छन् । पछिल्लो समय बर्दियामा बालविवाह बढ्दै गएको भन्दै त्यसको रोकथामका लागि पत्रकारहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने बताईएको छ ।
कार्यक्रममा बाल विवाह रोकथाम परियोजनाका फिल्ड सुपरभाइजर सपना शर्माले आफनो संस्थाले गरेका कार्यहरुको बारेमा बताउदै बालबिवाह रोकथाममा पत्रकारहरुको महत्वपूर्ण भूमिका भएको बताउनु भएको छ । जिल्लामा बालबिवाहका घटना रोकथाम तथा न्यूनिकरणमा पत्रकारहरुले कार्य योजनासहित आफ्ना सञ्चार माध्यममा खोजमूलक समाचार सम्प्रेषण गरेमा धेरै प्रभावकारी हुने उहाँको भनाई छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके यूनोस्को क्लब बर्दियाले आयोजना गरेको उक्त कार्यक्रममा संस्थाले बिभिन्न संधसंस्था, स्थानिय पालीका, नागरिक समाज र धर्मगुरु लगाायत सरोकारवाला हरुसंग समन्वय गर्दैै काम गरीरहेको शर्माले बताउनु भयो । बाल अधिकार र बाल संरक्षणका सवालहरु, स्थानीय सरकारमा हुनुपर्ने बाल संरक्षण सम्बन्धी संयन्त्र लगायत बालविवाह न्यूनिकरणका लागि पत्रकारहरुको भूमिका बारेमा सहजकर्ता जनक चौधरीले छलफल गर्नु भएको थियो । नेपाल पत्रकार महासधं बर्दियाका अध्यक्ष यादव आचार्यले पत्रकारहरुले बालविबाह न्युनीकरण गर्न अहम् भूमिका खेलेको बताउँदै आगामी दिनहरुमा पनि सक्रिय रुममा अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

तपाइको मत