सन्तोषी माता मन्दिरलाई कृषि बिकास बैंकको आर्थिक सहयोग
- मंगलबार श्रावण ३१ , २०७९
चुरेकुञ्ज, गुलरिया । कृषि बिकास वैंक गुलरिया बर्दियाले गुलरिया नगरपालिका वडा नम्वर ५ मा अवस्थित सन्तोषी माताको मन्दिरलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकको सामुदायिक कार्यक्रम अन्र्तगत साँस्कृतीक सम्पदा संरक्षणार्थ रकम सहयोग गरिएको हो ।
सामाजिक उत्तरदायित्व अन्र्तगत धार्मिक मन्दिर परिसरमा साँस्कृतिक सम्पदा संरक्षण होस भन्ने हेतुले गुलरिया स्थित सन्तोषी माताको मन्दिरमा १ लाख ५० हजार रुपैया सहयोग राशी उपलब्ध गराईएको कृषि बिकास बैंक गुलरिया बर्दियाका प्रबन्धक घनश्याम न्यौपानेले बताउनु भयो । बैंकले गतबर्ष कोटही मन्दिरमा निर्माण गरिएको हनुमानको मुर्ति स्थापनाका लागि ६० हजार रुपैया सहयोग उपलब्ध गराएको थियो । बैंकले धेरै अघिदेखि साँस्कृति सम्पदा संरक्षणार्थ सहयोग गर्दै आईरहेको छ ।
बैंकका प्रबन्धक न्यौपानेले आयोजित एक कार्यक्रमका विच सन्तोषी माता मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छविलाल पौडेललाई सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । कृषि विकास बैंकले उपलब्ध गराएको सहयोग मार्फत मन्दिरमा होमकुण्ड निर्माण गरिने अध्यक्ष पौडेलले जानकारी दिनु भएको छ ।