fbpx

कक्षा कोठामा पढाएको पाठले मात्र शिक्षा गुणस्तरिय हुँदैन

कक्षा कोठामा पढाएको पाठले मात्र शिक्षा गुणस्तरिय हुँदैन


चुरेकुञ्ज, गुलरिया । शिक्षकले कक्षामा पढाएको कितबको पाठले मात्र गुणस्तरिय शिक्षा नहुने शिक्षा विकास तथा समन्वय ईकाई बर्दियाका शाखा अधिकृत महेशदत्त देवकोटाले बताउनु भएको छ । स्याक नेपालले सिकाई परियोजना अन्र्तगत शिक्षकहरुका लागि गुलरियामा आयोजना गरेको शिक्षण तालिमको उद्घाटन शत्रमा बोल्दै देवकोटाले विद्यार्थीहरुलाई अतिरिक्त नलेज दिनुपर्ने बताउनु भएको हो ।

शिक्षकहरुका लागि शिक्षामा लैंगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिमका सहभागीहरुलाई कक्षा कोठा भित्र शिक्षकका धेरै मुद्धा उठ्ने गरेकोले शिक्षकहरुले विवेकपूर्ण रुपमा समाधान गर्नुपर्ने उहाँको भनाई छ । कक्षा भित्र पढाएको पाठले शिक्षा गुणस्तरिय हुँदैन । गुणस्तरिय शिक्षाका लागि विभिन्न आधारहरु पुरागर्दै बालवालिकाको असाधारण क्षमता विकास गराउन सक्नु पर्छ । गुणस्तरिय शिक्षाका लागि भौतिक पूर्वाधार सँगसँगै असिमित सिकाई बृद्धि गर्नुपर्ने उहाँको भनाई छ । लैगिक रुपान्तरणका लागि शिक्षकले घरबाटै शुरु गर्नुपर्छ । एउटा विद्यार्थी फेल हुनु भनेको शिक्षक फेल हुनु हो ।

लैंगिक रुपान्तरण राज्य संरचनाकै मुलमुद्धा भएकाले विद्यालय तहबाट शुरु गर्नुपर्नेमा अधिकृत देवकोटाले जोडदिनु भएको छ । समुदायमा सामुदायिक विद्यालयको गुणस्तर खस्किएको आवाज आएकाले रुपान्तरण सहित सुधार गर्न शिक्षकले नै पहल गर्नुपर्ने उहाँको भनाई छ । कार्यक्रममा २४ जना शिक्षकहरुको सहभागीता छ । दलित महिला संघ बर्दियाकी अध्यक्ष एवम् दलित अभियन्ता हिमा सुनारले शिक्षण तालिमको सहजीकरण गर्नु भएको छ ।

स्याक नेपालको आयोजनामा शुरु गरिएको कार्यक्रममा प्लान नेपालको साझेदारी रहेको छ । मंगलबार देखि विहिवार ३ दिन सम्म चल्ने तालिमको उद्घाटन शत्रमा स्याक नेपालका फोकल पर्शन कैलासमान श्रेष्ठ, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यको सहभागीता रहेको थियो । स्याक नेपालका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले तालिमको उद्घाटन शत्र सञ्चालन गर्नु भएको हो ।

तपाइको मत