fbpx

चोरी शिकारको आरोपमा बर्दियामा हतियारसहित एक पक्राउ

चोरी शिकारको आरोपमा बर्दियामा हतियारसहित एक पक्राउ


भिमा कंडेल, बर्दिया । बारबर्दिया नगरपालिका ६ जयनगर स्थित बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रभित्र अनाधिकार हतियार लिई प्रवेस गरेको तथा अवैध रुपमा वन्यजन्तुको चोरीशिकारी गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिईएको छ । बर्दिया राष्ट्रिय निकुन्ज कार्यालय कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको देविदत्त गणका नेपाली सेनाको टोलीले आईतवार हातहतियार लगायत शिकारमा प्रयोग गरिने समाग्री सहित एक जनालाई पक्राउ गरेको हो ।

गस्तीटोलीले दुई नाले बारबोर बन्दुक १ थान, गन क्लिनर लुप १ थान, नाल सफा गर्ने पुरानो व्रुस १ थान, थ्री नट थ्री ४ थान, ८ एमएमकेएफ राउण्ड १६ थान, ओएफभी ए सेभेन ६० राउण्ड १२ थान, ओएफभी २०१०५५६२ राउण्ड २ थान, एमकेथ्री १ थान, पीईके १०० ग्राम, बारबोर कार्तुस ८ थान भरेको ५ थान खाली गरी १३ थान, पटाका २१ रोल, मोवाईल ३ थान, सुकुटी मासु ४०० ग्राम, सुकुटी सुकाउने जाली २ थान, छाला सहितको मासु ७०० ग्राम, भे४प ६५२९ नम्बरको मोटरसाईकल १ थान बरामद गरिएको जनाईएको छ ।

चोरीशिकारको आरोपमा पक्राउ परेका ब्यक्ती उपर थप अनुसन्धान भैरहेको जनाईएको छ । अनुसन्धानका लागि उनको नाम गोप्य राखिएको निकुञ्जले जानकारी दिएको छ । अनुगमनका लागि राखिएका स्वचालित क्यामराहरुको सहयोगमा पक्राउ गरिएको निकुञ्जले जनाएको छ । पछिल्लो समय वन्यजन्तु संरक्षणमा निकुञ्जले निगरानी बढाउदै गएको छ ।

तपाइको मत