fbpx

बेश बर्दियाको स्वच्छता सहमिलन परियोजना गुलरियामा शुरु

बेश बर्दियाको स्वच्छता सहमिलन परियोजना गुलरियामा शुरु


चुरेकुञ्ज, गुलरिया । ब्याकवार्ड सोसाईटी एजुकेशन (वेश) बर्दियाद्वारा संचालित स्वच्छता ब्यवहार परिवर्तन सहमिलन परियोजना फेज २ गुलरियामा शुरु भएको छ । संस्थाले गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवको प्रमुख आतिथ्यतामा आयोजित वैठकमा कार्यक्रमको जानकारी गराउँदै परियोजना शुरु भएको उद्घोष गरेको छ ।

वेश बर्दियाका अध्यक्ष नारायण प्रसाद चौधरीको अध्यक्षतामा आयोजित बैठकमा संस्थाका कार्यक्रम संयोजक डिल्ली वलीले सहजीकरणगर्दै बर्दियाका ८ वटै पालिकामा परियोजना संचालनमा रहेको बताउनु भयो । १९९० मा जिल्ला प्रशासन कार्यालय दांगमा दर्ता भएको वेशले १७ जिल्लामा कामगर्दै आईरहेको छ । २५ वटा क्षेत्रिय समिति रहेको संस्थाको ३ लाख साधारण सदस्य छन् । संस्थामा १६१ जना कर्मचारीहरु आवद्धछन् ।

संयोजक वलीले संस्थाले हालसम्म गरेको कार्यको बारेमा जानकारी दिनु भएको छ । जसअनुसार १०५ वटा खुट्टाले हातधुने टंकी स्थापना गरिएको छ । १५ सय पिछडिएका, मुक्तकमैया, दलित समुदायलाई सरसफाई स्वच्छता सामाग्री वितरण, ८ वटै पालिकासँग समन्वय वैठक, १२० जनालाई झोल सावुन वनाउने तालिम, ६० जनालाई मास्क वनाउने तालिम संस्थाले फेज १ अन्र्तगत दिएको हो । १६ जनालाई मास्क तथा सावुन बनाउन उद्यम अनुदान दिएको छ । वाटर एड नेपालको सहयोगमा संचालित परियोजना ३१ मार्च २०२३ सम्म चल्ने छ ।

आम समुदायमा सफापानी र सावुनले हात धुने सुविधा प्राप्त गर्ने तथा कोभिडको भ्याक्सिन सबैलाई लगाउने परियोजनाको लक्ष्य छ । सहमिलन परियोजनाको कुल बजेज १ करोड ३० लाख ६० हजार ५६८ रुपैया रहेको सहजीकरणका क्रममा संयोजक वलीले जानकारी दिनु भएको छ । कार्यक्रममा गुलरिया नगरपालिकाका सबै शाखाका प्रमुखहरु, आयोजक संस्थाका कर्मचारी लगायत नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यको सहभागीता रहेको थियो ।

तपाइको मत