शरीर बन्धक तथा जबरजस्ती करणी मुद्धामा बर्दिया जिल्ला अदालतबाट ८ बर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
- सोमबार श्रावण ३० , २०७९
भिमा कंडेल, बर्दिया । बर्दिया जिल्ला अदालतको ०७८ असार २९ गतेको फैसला आदेशले अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई बर्दिया प्रहरीले सोमबार पक्राउ गरेको छ । गुलरिया नगरपालिका वडा नम्वर १० बस्ने कधही चमारलाई गुलरियाबाट खटिएको प्रहरीको टोलिले नियन्त्रणमा लिएको छ ।
पक्राउ गरिएका फरार चमारलाई आवस्यक कारवाहीको लागि बर्दिया जिल्ला अदालत गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिनुभयो ।