fbpx

पुलको ठेकेदार सम्पर्क विहिन हुँदा श्रमिकले भुक्तानी पाएनन्

पुलको ठेकेदार सम्पर्क विहिन हुँदा श्रमिकले भुक्तानी पाएनन्


मुरली गोडिया, गुलरिया । बर्दिया सदरमुकाम गुलरिया नगरपालिका– ८ मा नेपाल–भारत मुर्तिहा नाका नजिक सुरजपुर गाँउमा अवस्थित निर्माणाधिन सरयु नदिको पुलका कामदारहरुले भुक्तानी नपाउँदा समस्यामा परेका छन् । निर्माण सम्झौता भन्दा ३ बर्ष ढिलाई हुँदा समेत पुल नबनी ठेकेदार नै वेपत्ता भएपछि यात्रु लगायत पुलका कामदारहरु समस्यामा परेका छन् ।

बर्दिया सदरमुकाम गुलरिया नगरपालिका स्थित नेपाल– भारत मुर्तिहा नाका नजिक रहेको सुरजपुर गाँउको सरयु नदिमा निर्माणाधिन पुलका कामदारहरुले ज्याला नपाएको स्थानिय मजदुर अनिल सिंहले बताएका छन् । ठेकेदारले पुल निर्माणमा समेत ढिलाई गरेका छन् । पुल बनाउने जिम्मा पाएका ठेकेदार सुर्यनारायण अधिकारी हाल सम्म सम्पर्कमा नआँउदा पुलमा काम गर्नेहरुको विचल्ली भएको उनले बताए । ६ वर्ष अघि ठेकेदार अधिकारीले साइडमा ल्याएर रेखदेखको जिम्मा लगाएका अनिल सिंहलाई २५ हजार मासिक दिने मौखिक सहमति गरि काममा लगाएका थिए ।

तर ठेकेदार मजदुरको सम्पर्कमा नहुँदा लामो समय देखी काम गरेको रकम नपाएको उनको गुनासो छ । २०७३ साल देखी पुल निर्माणको काम गर्दै आएका कामदारले लाखौं रपैया भुक्तानी लिन बाँकी रहेको बताउँदै आएका छन् । पुल निर्माणको ठेक्का बीटी शिवराम जेभीले पाएको छ । निर्माण कम्पनीले मजदुरका पैसा नतिरि वेपक्ता भएपछि ज्याला मजदुरी गरि जिवनयापन धान्ने मजदुरको विचल्ली भएको हो । काम गराउने ठेकेदारले स्थायिन व्यापारीहरुको समेत पैसा नतिरेको स्थानिय हरिराम लोधले बताए । श्रम गरेका स्थानिय मजदुरले आफनो रकम उपलब्ध गराउन पहल गरिदिन जिल्ला प्रशासनमा निवेदन समेत दिएका छन । सात वर्ष देखी पुल निर्माणमा खटिएका मजदुरले पैसा नपाउँदा आफनो परिवार चलाउन समास्या भइरहेको लोधले गुनासो पोख्दै रकम दिलाउन पहल गरिदिन आग्रह समेत गरेका छन ।

स्थानिय मजदुरको पैसा भुक्तानीका लागी स्थानिय प्रशासन लागी राखेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । लामो समय देखी काम गरेको रकम भुक्तानी नपाएपछि मजदुरले प्रशासन गुहार्न बाध्य भएका छन । हुलाकी निर्माण आयोजना र निर्माण व्यवसायीलाई राखी भुक्तानी लिनुपर्ने कम्पनिले काम पुरा गरि भुक्तानी गर्न बाँकी मजदुरको रकम तिर्ने गरि सहमति भएको प्रजिअ बास्तोलाको भनाई छ । पुलको काम अधुरो भएकाले निर्माण व्यवसायीले पैसा पाउने र मजदुरको पनि पैसा तिर्ने बाताबरण बनाउने प्रयास भैरहेको उनले प्रष्ट्याए । सीमामार्गमा निर्माणाधिन पुलको केही काम मात्र बाँकी छ । सम्बन्धित निर्माण कम्पनीले पुलको बाँकी काम पुरा गरि भुक्तानी दिन बाँकी रहेको श्रमिकको रकम अविलम्व तिर्नु आवस्यक रहेको स्थानियको भनाई छ ।

तपाइको मत