fbpx

बर्दियामा हात्तीलाई फलफूल खुवाईयो (फोटोफिचर)

बर्दियामा हात्तीलाई फलफूल खुवाईयो (फोटोफिचर)

चुरेकुञ्ज, गुलरिया । हात्ती दिवसको अवसर पारेर बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीलाई फलफूल खुवाईएको छ । चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाको आयोजनामा शुक्रवार विविध कार्यक्रमसहित हात्ती दिवस मनाईएको छ ।

मानव–हात्ती सहअस्तित्वका बारेमा जनचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले जानकारी दिए । दिवसकै अवसर पारेर हात्ती सम्वन्धी अन्य सचेतना पनि दिएका छौं । उनले भने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठको समुपस्थितीमा हात्तीलाई फलफूल खुवाएका हौं । सोही अवसरमा हात्तीसार क्षेत्रमा बृक्षारोपण पनि गरिएको छ ।

पछिल्लो समय मानव र हात्तीबिच द्वन्द बढ्न थालेको उनले बताए । बन्यजन्तु र मानवबिच सहअस्तित्व कायम गराउन जरुरी भएकाले पनि यस्ता कार्यक्रमहरु आयोजनाको औचित्व रहने अध्यक्ष आचार्यको भनाई छ । कार्यक्रममा निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम (एनटीएनसी), नागा, उज्यालो नेपाल, ईटीडीएफ, बीएनसीसी, सीबीएपीयू, हान, होटल ब्यवसायी संघ ठाकुरबाबा, महिला बाताबरण उपसमिति लगायत स्थानिय उपभोक्ताहरु सहभागी थिए ।

तपाइको मत