fbpx

बढैयातालको टोल टोलमा बैदेशिक रोजगार सम्बन्धि सचेतना

बढैयातालको टोल टोलमा बैदेशिक रोजगार सम्बन्धि सचेतना


दलबहादुर सुनार, बढैयाताल । कालिका सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्र स्याउलीबजार बर्दियाले बैदेशिक रोजगार सम्बन्धि सचेतना अभियान टोल टोलमा संचालन गरेको छ । पुस्तकालयले रिड नेपाल, रिड ग्लोवल र आई रेक्सको सहयोगमा संचालित दियो परियोजना अन्तर्गत उक्त सचेतना अभियानलाई टोल बस्तीमा संचालन गरेको हो ।

रोजगारीको खोजीमा बिदेश जाने यूवाको संख्या ह्वात्तै बढेपछि यूवा बिहिन गाउँ बन्दैछ । पछिल्लो समयमा झण्डै ७५ प्रतिशत भन्दा धेरैको सख्यामा यूवाहरु भारत लगाएतको तेश्रो मुलुकमा गएका छन । बैदेशिक रोजगारमा जाने प्रक्रियाका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको सचेतना कार्यक्रममा दियो परियोजनाकी सम्पर्क ब्यक्ति कल्पना चौधरीले बैदेशिक रोजगारका बारेमा जाने प्रक्रिया, दलालवाट कसरी बच्ने, बैदेशिक रोजगारमा जानेक्रममा ठगीमा परेमा जिल्ला प्रशासन कार्यायमा उजुरी दिनु पर्ने बारेमा जानकारी गराईएको छ ।

नेपाल सरकारले मान्यता दिएको मेन पावरवाट मात्र जानु पर्ने र लागेको रकम बैंक मार्फत भुक्तानी दिनु पर्ने बैदेशिक रोजगारमा नेपालको एयरपोर्ट प्रयोग गर्नु पर्ने लगाएतको बिषयमा सहजिकरण गर्नु भएको थियो । सुरक्षित आप्रावासन तथा बैदेशिक रोजगार सम्बन्धि भएको सचेतना कार्यक्रममा दियो परियोजनाकी उप संयोजक शोभा पौडेलले कार्यक्रमको महत्वको बारेमा प्रकास पार्नु भएको उक्त कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्थित पशुपतिबजार टोलका झण्डै ५० जनाको सहभागिता रहेको जनाईएको छ ।

तपाइको मत