fbpx

ठाकुरबाबा नगरपालिकाको २ नम्वर वडा पुर्णखोप घोषणा

ठाकुरबाबा नगरपालिकाको २ नम्वर वडा पुर्णखोप घोषणा


भिमा कंडेल, ठाकुरबाबा । बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २ लाई पुर्ण खोप वडा घोषणा गरिएको छ । आधारभुत स्वास्थ्य केन्द्र पेरहनीका स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष एवम् ठाकुरबाबा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरीराम थारुको अध्यक्षतामा बसेको बैठकले वडालाई पुर्णखोप वडा घोषणा गरेको हो ।
वडाका २ सय ५० जना बालबालिकाले खोप लगाएका छन् । वडामा रहेका १२ वटा गाउँमा शुन्य देखि १५ महिनाका १ सय ६३ जना बालबालिका र १६ देखि २३ महिनाका ८७ जना बालबालिका गरी जम्मा २ सय ५० जना बालबालिकाले सम्पुर्ण खोपको मात्रा पुरा गरेको ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र राजवशीले जानकारी दिनु भयो ।
ठाकुरबाबा नगरपालिकाको ९ वटा वडा मध्ये पुर्ण खोप वडा घोषणा गर्ने पहिलो वडा नै वडा नम्बर २ बनेको उहाँले जानकारी दिनुभयो ।

तपाइको मत