fbpx

ठाकुरबाबा नगरपालिकाका अपाङ्ग व्यक्तिलाई परिचयपत्र

ठाकुरबाबा नगरपालिकाका अपाङ्ग व्यक्तिलाई परिचयपत्र


भिमा कंडेल, बर्दिया । अपाङ्गगता भएका व्यक्तिलाई सरकारी सेवाबाट बञ्चित हुन नदिन ठाकुरबाबा नगरपालिकाले अपाङ्गगता परिचय पत्र वितरण गरेको छ । ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख विना भट्टराइले अपाङ्गगता भएका व्यक्तिहरुको संरक्षण सरकारले गर्ने र अति अशक्त अपाङ्गग भएकालाई समाजमा सम्मानजनक रुपमा बाच्न पाउने अधिकारलाई सुनितिश्च गर्ने उद्धेश्यले अपाङ्गग व्यक्ति छनौट गरि परिचय पत्र वितरण गरी समाजिक सुरक्षा भत्तामा जोडिने बताउनुभयो ।

समाजमा दिनप्रतिदिन नसर्ने रोगहरु सुगर प्रेसरका कारण पक्षघातको समस्याबाट पीडित र जन्मजात अपाङ्गग भएर जन्मिएका बालबालिकाको संख्या पनि वृद्धि हुदै गइरहेकाले नियमित रुपमा स्वास्थ्य संस्थामा गइ स्वास्थ्य चेकजाँच गर्न पनि उहाँले आग्रह गर्नुभयो । बुधबार अपाङ्गगता भएका ३० जना व्यक्तिलाई अपाङ्गगता परिचय पत्र वितरण गरिएको ठाकुरबाबा नगरपालिका महिला तथा जेष्ठ नागरिक शाखा प्रमुख गोगनसरा आचार्यले जानकारी दिनुभयो ।

यस अघि ठाकुरबाबा नगरपालिका, स्थानीय अपाङ्गग समन्वय समितीमा अपाङ्गग परिचय पत्रका लागि ३५ जनाले निवेदन दिएका थिए । जस मध्ये ३० जनालाई विभिन्न श्रेणीका आधारमा परिचय पत्र वितरण गरिएको आचार्यले बताउनुभयो । पुर्ण अपाङ्गग ४ जनालाई रातो कार्ड १७ जना अति अशक्तलाई निलो कार्ड र ९ जना सामान्य अपाङ्गग भएका व्यक्तिलाई पहेलो कार्ड वितरण गरिएको छ ।

अपाङ्गग परिचय पत्र बुझे पनि स्थानीय स्तर तथा समुदायमा हुने कार्यक्रममा आफु समावेशीताको आधारमा सहभागी हुँदा अपाङ्गगता भएकै कारण समस्या राख्दा होच्याउने, अपमानजनक व्यवहार गर्ने गरेको एक अपाङ्गग व्यक्तिले बताउनुभयो । अपाङ्गगता भएका व्यक्तिले समाजमा सहज रुपमा जीवनयापन गर्न गाह्रो भएको गुनासो गरेका छन ।

तपाइको मत