बर्दियाका युवा महिलालाई जीवनउपयोगी शीप बिकास तालिम
- बुधबार श्रावण २५ , २०७९
चुरेकुञ्ज, गुलरिया । बाँके युनेस्को क्लव गुलरियाको आयोजनामा गुलरिया र ठाकुरबाबा नगरपालिकाका युवा महिलाहरुलाई जीवन उपयोगी शीप बिकास तालिम दिईएको छ । संस्थाको पर्ल परियोजना अन्र्तगत १९ देखि २४ बर्ष उमेर समूहका १२० जना महिलालाई उक्त तालिम दिन लागिएको हो ।
दोस्रो सिफ्ट अन्र्तगत गुलरियामा ३४ जनालाई दुईदिने तालिम शुरु गरिएको उद्यमशीलता मार्फत आर्थिक सशक्तीकरण तथा रोजगार प्रर्बद्धन कार्यक्रम (पर्ल) परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनु भयो । तालिम अन्र्तगत जीवन सफल पार्ने सूत्र, जीवनको योजना निर्माण, द्वन्द ब्यवस्थापन सम्बन्धी सीपमूलक जानकारी दिईन्छ । तालिमबाट महिलालाई आत्मनिर्भर मार्फत सशक्त बनाई उद्यमशीलताको बिकासगर्दै रोजगारी प्रर्बद्धनमा सहयोग पुर्याउने लक्ष्य लिईएको लामिछानेले जानकारी दिनुभयो ।
प्लान इन्टरनेशनलको सहयोगमा आयोजित तालिमको बिरबहादुर हमालले सहजीकरण गर्नु भएको छ । विपन्न, संकटोन्मुख, जोखिममा परेका महिलाहरु नगरपालिकाको सहकार्यमा छनौट गरी तालिम दिएका छौं । जीवनउपयोगी तालिम लिने १ सय २० जना महिलालाई उद्यम सम्वन्धी तालिमसँगै अनुदान दिई उद्यमी बनाउने परियोजनाको लक्ष्य रहेको संयोजक लामिछानेले प्रष्ट पार्नुभयो ।