fbpx

आईएमई लाइफ इन्स्योरेन्सद्वारा सातवटै प्रदेशमा हेल्थ शिविर

आईएमई लाइफ इन्स्योरेन्सद्वारा सातवटै प्रदेशमा हेल्थ शिविर

काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा मंगलबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १३ सय २ जना सर्वसाधारणले स्वास्थ्य जाँच गराई लाभान्वित भएका छन् ।

आई. एम. ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलका अनुसार, पाँचौ वर्ष पुरा भएको अवसरमा सामाजिक उत्तरदायित्वको भावना बहनगर्दै सातवटा प्रदेशका विभिन्न आठ स्थानमा वृहत स्वास्थ्य शिविर कार्यक्रम गरिएको हो । प्रदेश १ मा सुनसरी चक्रघट्टिमा आँखा शिविर कार्यक्रम गरिएको थियो । त्यस्तै मधेश प्रदेशमा बारा, कलैयामा दन्त शिविर सञ्चालन गरिएको हो ।

बागमती प्रदेशमा चितवन, नारायणघाटमा पाठेघरको मुखको क्यान्सर शिविर संचालन गरिएको थियो । उक्त शिविरमा विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सहकार्यमा शिविरको आयोजना गरिएको हो । गण्डकी प्रदेशमा लमजुङको सोति पसलमा जनरल स्वास्थ्य जाँच शिविर संचालन गरिएको छ । लुम्बिनी प्रदेशमा गुल्मी र बाँकेको राप्ती सोनारीमा आँखा शिविर संचालन गरिएको छ ।

कर्णाली प्रदेशमा सुर्खेतको गुमीमा महिला स्वास्थ्य शिविर संचालन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलालीस्थित टिकापुरको नारायणपुरमा जनरल स्वास्थ्य जाँच शिविर संचालन गरिएको छ । यस अघि गत शुक्रवार मुलुकभर गरिएको रक्तदान कार्यक्रममा ५ सय ७१ जनाले रक्तदान गरेका थिए । त्यस्तै शनिवार गरिएको अभिकर्ता तालिममा सहभागी ७ सय ४८ जनालाई तालिम दिई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

२०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आई. एम. ई. लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ । आफ्ना ग्राहक वर्गहरुमा सर्वसुलभ पहूँच, उत्कृष्ट बीमालेखन, झन्झटमुक्त दाबी र व्यवसाय अनुकुलको समाधान गर्ने लक्ष्य रहेको छ ।

जीवन बीमाका बारेमा जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरुको माध्यमबाट ग्राहकहरुको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ आई. एम. ई. लाइफ इन्स्योरेन्स सञ्चालनमा आएको कम्पनिले जनाएको छ ।

तपाइको मत