fbpx

प्रजातान्त्रीक सनातन धर्म संस्कृति संगठनको दबावमूलक र्याली

प्रजातान्त्रीक सनातन धर्म संस्कृति संगठनको दबावमूलक र्याली


चुरेकुञ्ज, गुलरिया । नेपाल राष्ट्रिय प्रजातान्त्रीक सनातन धर्म संस्कृति संगठन बर्दियाले गुलरियामा सरकार विरुद्ध दवाव मुलक कार्यक्रम गरेको छ । संगठनले केही दिन अघिमात्र देशभरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउँदै २२ बुँदे ज्ञापन पत्र बुझाएको थियो ।

उक्त ज्ञापनपत्रमा उल्लेख गरिएका बुँदाको उचित कार्यन्वयनका लागी गुलरियामा शान्तिपुर्ण दबाव मुलक कार्यक्रम गरिएको राप्रपा बर्दियाका अध्यक्ष भीम बहादुर बोहराले जानकारी दिनुभयो । निलो आयल पेट्रोल पम्प नजिकै अवस्थित राप्रपा पार्टी कार्यालय बाट शुरु भएको दवाव मुलक ¥याली जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यलयहुँदै गुलरिया स्थित बंगलामुखी मन्दिर प्राङ्गणमा पुगी सभामा परिणत भएको थियो ।

बजार परिक्रमा पश्चात मन्दिर परिसरमा भएको धार्मिक भेलालाई धार्मिक गुरुहरुले सम्बोधन समेत गरेका थिए । नेपाल राष्ट्रिय प्रजातान्त्रीक सनातन धर्म संस्कृति संगठन बर्दियाले गरेको कार्यक्रम मार्फत सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने, धर्म परिवर्तन गर्ने कार्य बन्द गर्नुपर्ने, संघियता खारेज गर्नुपर्ने, संवैधानिक राजसंस्था पुर्नस्थापना गर्नुपर्ने लगायतको माग राखेको राप्रपाका केन्द्रिय सदस्य सुर्य बहादुर सिंहले जानकारी गराउनु भयो ।

नेपाल राष्ट्रिय प्रजातान्त्रीक सनातन धर्म संस्कृति संगठन राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसंगठन हो । नागरिकता बिधेक खारेज गर, एमसीसी र एसपीपी जस्ता राष्ट्रघाती सम्झौता खाजेर गर, महिला हिंसा बन्द गर, पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर, अव्यबहारीक महंगी नियन्त्रण गर, भ्रष्टचारी सरकार मुर्दाबाद लगाएको नारा लगाउदै गाँउ देखि जिल्ला स्तर सम्मको नेता कार्यक्रताहरुको सहभागितामा र्याली निकालिएको राप्रपा बर्दियाले जानकारी दिएको छ ।

तपाइको मत