हात्ती आक्रमणमा महिलाको मृृत्यु
- आइतबार चैत २९ , २०७७
बर्दिया । जंगली हात्तीको आक्रमणमा परी बर्दियाको गेरुवा गाउँपालिका वार्ड नम्वर १ भटेरा निवासी ६० बर्षिया भुन्टी वोहोराको मृत्यु भएको छ । सामुदायिक वन नजिकै खेतमा बाख्रा चराउने क्रममा हात्तीले आक्रमण गर्दा बोहोराको मृत्यु भएको हो ।
बगुवा सामुदायिक बन नजिकैको खेतमा बाख्रा चराईरहेकी बोहोराको हात्ती आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिए ।