जबरजस्ती करणी मुद्धाका हिरासतबाट फरार आरोपित पक्राउ
- सोमबार श्रावण २३ , २०७९
भिमा कंडेल, बर्दिया । बर्दिया प्रहरीले हिरासतबाट फरार भएका जबरजस्ती करणी मुद्धाका आरोपितलाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक हृदेश कुमार सापकोटाको कमाण्डमा खटिएको टोलिले बढैयाताल गाँउपालिका वडा नम्वर २ स्थित नेपाल भारत सीमा नजिकबाट सोमबार २६ वर्षिय अब्दुल खाँलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट फरार भएका बाँकेको खजुरा गाँउपालिका वडा नम्वर ८ निवासी खाँ उपर जबरजस्तीकरणी मुद्धामा इलाका प्रहरी कार्यालय बाँसगढीले प्रक्राउ गरी अनुसन्धान गरिरहेको अवस्थामा साउन ९ गते खाना खुवाउने समयमा ड्युटीमा रहेका सेन्ट्रीलाई झुक्काएर खाँ भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । फरार खाँलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भैइरहेको डीएसपी सुवेदीले जानकारी दिनुभयो ।