कर्णाली नदीमा पानीको बहाव बढेसँगै जोखिम बढ्यो
- सोमबार श्रावण २३ , २०७९
मिन अधिकारी, राजापुर । कर्णाली नदीमा पानीको बहाव बढेपछि बर्दिया र कैलालीको तटीय क्षेत्रमा जोखिम बढेको छ । गए रातीको निरन्तरको वर्षापछि नदीले बर्दियातर्फ फर्किएर कटानलाई तीव्र पारेपछि बर्दिया र कैलाली जोड्ने सत्ती पुल, राजापुरको वडा नं. ४ संघर्षनगर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ वस्ती नै उच्च जोखिममा परेका हो ।
पुलको उत्तरपट्टि करिब ५० मिटर उत्तरतर्फ नदी रोक्न गरिएको तटबन्धको जाली ड्याम भासिएर भत्किने र कटान तीव्र भए पछि थप जोखिम बढेको छ । बर्दिया तर्फ पानी ढाल भएको र वीचमा वालुवा, ढुङ्गा लगायतका नदीजन्य पदार्थ थुप्रिएकाले पनि हरेक वर्ष नदीले बर्दिया तर्फ नै कटान गर्दै धार सोझ्याएको भिम्मापुर कुलापानी चौधरी दिल बहादुर थारुको भनाई छ । कर्णाली नदी व्यवस्थापन गर्न वालुवाको थुप्रोले नहुने र सत्ती पुल निर्माण भएदेखि नै जोखिममा रहेको आफुले पटक पटक कुरा उठाउदै आएको उहाँको भनाई छ । हरेक वर्ष नदीले धार परिवर्तन गर्ने जोखिम रहेकाले भंगालोले राजापुरतिर वा टिकापुर तिर कटान र डुवानको उच्च जोखिम रहेको देखीन्छ ।
राजापुर नगरपालिलका तर्फ कटान गर्न थाले पछि अनुगमन गरी आफुले हुलाकी सडकको निर्माण क्षेत्र रहेकाले सोही कार्यालायलाई तत्कालै रोकथाम गर्न सूचना पठाउन राजापुरका नगर प्रमुख दिपेश थारुलाई अनुरोध गरेको वडा नं. ४ का निवर्तमान वडाध्यक्ष रमन रेग्मीले वताउनु भयो । कर्णाली नदिले अहिले नै कटान सुरु गरेको छ । दिन प्रति दिन बढेको छ पहाडमा पानी बस्र्यो भने पानी अझै बढ्छ सरकारले समयमै ध्यान नदिने हो भने भयावह स्थिति नआउला भन्न नसकिने भएकाले मेयर दिपेश थारूले पहल गरि रहेको राजापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले वताउनु भयो ।