आफ्नै ३ वर्षिय छोराको हत्या आरोपमा बावु पक्राउ
- सोमबार श्रावण २३ , २०७९
विन्दु चौधरी, बासँगढी । बर्दियाको बासँगढीमा आफ्नै ३ वर्षिय छोराको हत्या गरेको आरोपमा बावु पक्राउ परेका छन् । बैतडी स्थाई घर भई हाल बासँगढी नगरपालिका वडा नम्वर ५ मा डेरागरी बसेका डम्बर बहादुर बोहराले आफनै छोराको हत्या गरेर फालेको आरोपमा ईलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको जनाएको छ ।
साउन १६ गते विहान करिव ७ बजेतिर छोरालाई घरबाट लगि बोहरा भागेका थिए । छोरा हराएपछि आफन्तीले इलाका प्रहरी कार्यालय मोतिपुरमा छोरा खोजिपाउँ भनि निवेदन हालेका थिए । प्रहरीले बाबुको खोजी कार्य तिव्र पारेको थियो । आमा कृष्ण चन्दका भाई सरद चन्दले सोमवार कोहलपुर सब्जी मण्डिबाट समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।
प्रहरीले बोहरालाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा बासँगढी नगरपालिका र बारबदिया नगरपालिकाको सिमानामा पर्ने ग्यांग नदिको पश्चिम जनकल्याण मध्यवर्ति सामुदायिक वनमा बालक मृत भेटिएको इलाका प्रहरी कार्यलय मोतिपुरले जनाएको छ । बालकको शव पोस्टमाटमको लागि बर्दिया अस्पताल पुर्याईएको छ । बोहराले २०७३ सालमा आफ्नो डेढ वर्षको छोरीलाई पनि गायव पारेको बुझिएको छ । छोरी हराएको सम्वन्धमा पनि ईलाका प्रहरी कार्यालय मोतिपुरमा उजुरी दिइएको थियो ।
प्रहरीले छोरीलाई फेला पार्न नसकेपछि श्रीमति बच्चाको मायाले श्रीमानसंग नजिक भएकी थिईन । बोहराले आफ्नै दोश्रो सन्तान ३ वर्षको छोरालाई घरभन्दा बाहिर लगेपछि उजुरी दिएको आधारमा पक्राउ गरी ईलाका प्रहरी कार्यालयमा बुझाइएको हो । यस घटना बारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा पठाएको इलाका प्रहरी कार्यलय मोतिपुरका प्रमुख प्रहरी निरिक्षक सन्तोष चन्दले जानकारी दिनुभएको छ ।