fbpx

मधुवनका विद्यार्थीलाई बिकास प्रेमी युवाको खाद्यान्न सहयोग

मधुवनका विद्यार्थीलाई बिकास प्रेमी युवाको खाद्यान्न सहयोग


चुरेकुञ्ज, बर्दिया । बर्दियाको बिकास प्रेमि युवा समुहले आफ्नो सातौँ स्थापना दिवसको अवसरमा आभिभावक गुमाएका श्री सरस्वती आधारभुत बिद्यालय मधुवन –१, सुर्यपटुवाका बालबालिकालाई ७ बोरा चामल, १० किलो दाल, १ पेटी तेल र ५ किलो नुन सहयोग गरी स्थापना दिबस मनाएको छ । अनाथ बालवालिकाको सहयोगका लागि खाद्यान्न हस्तान्तरण गरिएको हो ।

बालबालिका भबिष्यका कर्णधार हुन । भोलिको समाज निर्माण बालबालिकाको हातमा छ । त्यसैले भोलिको समाज कस्तो हुने भन्ने कुरा आजका बालबालिकाले वातावरणले निर्धारण गर्छ । उनीहरु कस्तो समाज तथा शिक्षा प्राप्त गर्छ कस्तो सोचको बिकास गर्छ भन्ने बारेमा आजको अवस्थाले उजागर गर्छ । जसअनुसार बालबालिकाले आफ्नो लक्ष्य बनाउछ्न । कुनै पनि अनाथ बालबालिकाले आफुलाइ समाजमा एक्लो महसुस नगरुन । पठन पाठनमा ध्यान केन्द्रित होस भन्ने सोचका साथ बालवालिकालाई हौसला प्रदान गर्न राहत उपलब्ध गरेको बिकासप्रेमि युवा समुह बर्दियाका संयोजक गोपाल निरौलाले बताउनु भएको छ ।

बिकास प्रेमी युवा समुह समाज र समुदायको लागि सदैव अग्रसर हुने उहाँले बताउनु भयो “देशको अभिभारा बोकेका भाईबैनिहरुको भबिस्यको बारेमा गर्नु भएको सामाग्री सहयोगमा बिकास प्रेमी युवा समुहको अतुलनीय योगदान रहेको र समाजका युवाहरुमा केही सकारात्मक सन्देश दिएको सहभागीहरुले बताए । बिद्यालयमा भवन नहुँदा पठनपाठन र छात्रावासको लागी समस्या हुने गरेको छ । पर्खाल नहुँदा सुरक्षाको दृष्टिकोणले समेत गाह्रो भएको जानकारी गराईएको छ ।

विकास प्रेमी युवा समुह मधुवन नगर समिति सदस्यका यम भण्डारीले “विद्यालयको अवस्था बारे मधुवनका नगर प्रमुख समक्ष कुरा राखी ध्यानाकर्षण गराएको जानकारी दिँदै संस्थाबाट थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । कार्यक्रममा मधुवन –६ संयोजक सरोज चन्द, सदस्य निरज क्षेत्री, गुरु खनाल बिधालय परिवार लगायत विद्यार्थी भाईबहिनिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भयको छ ।

तपाइको मत