fbpx

ठाकुरबाबाको रक्तदान शिविरमा १ सय ५३ पिन्ट रगत संकलन

ठाकुरबाबाको रक्तदान शिविरमा १ सय ५३ पिन्ट रगत संकलन


भिमा कंडेल, बर्दिया । ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको रक्तदान शिविरमा १ सय ५३ जनाले रक्तदान गरेका छन् । रगतको अभावमा कुनैपनि मानिसको अकालमा मृत्युु हुन नदिन तथा सहज रुपमा रगत उपलब्ध गराउन शुक्रवार कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।


कार्यक्रममा १ सय ५३ पिन्ट रगत संकलन गरिएको छ । नेपाल स्वंयमसेवक रक्तदाता समाज ठाकुरबाबा नगरसमिती लगायत विभिन्न संघसंस्थाको सह आयोजनामा रक्तदान शिविर संचालन गरिएको हो । रक्तदान शिविर कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले रक्तदान जस्तो पुण्य काम गर्न सहकार्य गर्ने सम्पूर्ण संघ संस्थालाई धन्यवाद दिनु भएको छ ।

तपाइको मत