fbpx

बेचविखनको आशंकामा एक बर्षमा ४० महिलाको उद्धार

बेचविखनको आशंकामा एक बर्षमा ४० महिलाको उद्धार


मुरली गोडिया, गुलरिया । मानव बेचविखन नियन्त्रण गर्न शान्ति पुर्नस्थापना गृहले निगरानी बढाएको छ । मानव बेचविखनका घटनामा बर्दिया जिल्ला उच्च जोखिम भएकाले निगरानी बढाईएको हो । बर्दियाको बढैयाताल गाँउपालिका कण्ठपुर स्थित भारतिय नाका बलैगाँउ, गुलरिया नगरपालिका ११ स्थित गणेशपुर, वडा नम्बर ८ स्थित सुरजपुर नाकामा बीट स्थापना गरि निगरानी बढाइएको छ ।

बर्दिया जिल्लाका सिमानाबाट भारततर्फ जाने जोडी तथा शंकास्पद महिला पुरुषहरुको लागी सोधपुछ फारम भरेर मात्र जान दिने गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा गुलरिया नगरपालिका ११ स्थित गणेशपुर नाकाबाट मात्र १ हजार ८५ जनालाई सोधपुछ गरि मानव बेचविखन बारे परामर्श दिइएको र २० जनालाई उद्धार गरिएको परामर्शदाता अन्जना पाण्डेले जानकारी दिनुभएको छ ।

खुला सिमानाका कारण उक्त स्थानबाट सजिलै मानिसले बेचविखनका घटना् निम्त्याउन सक्ने पाण्डेको दाबी छ । खुला सिमानाकाका कारण महिला तथा बालबालिकाहरु बेचविखनमा नपरुन भनि गरिएको सोधपुछले नेपाली नागरिक थप सचेत बनेको स्थानियको बुझाई छ । फारममा नाम, बाहिर जानुको कारण, पारिवारिक जानकारी, साथमा जानेको यथार्थ विवरण लगायतका कुरा सोधपुछ गर्ने भएकाले घटना नियन्त्रणमा थप बल पुगेको सिमामा पुगेकी एक किशोरीले बताईन ।

आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ४ सय ४९ जना नेपाली नागरिकको सिमानामा सोधपुछ फारम भरी मानव बेचविखन बारे परामर्श दिइएको संस्थाले जनाएको छ । सिमा पार गर्ने क्रममा ४० जना उच्च जोखिममा रहेका महिलालाई सिमानाका बाट उद्धार गरिएको शान्ति पुर्नस्थपना गृह बर्दिया शाखाकी प्रमुख सपना शर्माले बताउनु भएको छ । जस मध्ये बर्दियाका ३६ जना, सुर्खेतका २ जना, कैलाली र चितवनका १/१ जना रहेका छन । सोधपुछका क्रममा शंका लागेमा आवश्यक परामर्श दिएर फिर्ता बोलाई प्रहरी समक्ष समेत पठाउने गरिएको छ ।

जटिल घटना फेला परेको र आवश्यक सल्लाह दिई प्रहरीलाई बुझाइएको उहाँले प्रष्ट्याउनु भयो । शंकास्पद व्यक्तिलाई संस्थामा ल्याई परामर्शका माध्यमले वा प्रहरी समक्ष बुझाएर समस्या समाधान गर्ने गरिएको गृहकी प्रमुख शार्माको भनाई छ । शान्ति पुर्नस्थपना गृहले सिमा क्षेत्रका बाँके, बर्दिया कैलाली, दांग लगायत सिमावर्ति क्षेत्रका जिल्लाहरुमा काम गर्दै आइरहेको छ । मानव बेचविखनका घटनामा फसेकाहरुको मुद्धामा लाग्ने सम्पुर्ण खर्च, बासको व्यवस्था तथा परामर्श समेत गृहले गर्ने गरेको शर्माले जानकारी दिनु भएको छ ।

तपाइको मत