fbpx

अमर शहीद मावि राजापुरको अध्यक्षमा उपाध्याय निर्विरोध

अमर शहीद मावि राजापुरको अध्यक्षमा उपाध्याय निर्विरोध


मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिका वडा नम्वर ४ मा रहेको अमर शहीद श्रीदशरथ चन्द माध्यमिक विद्यालय राजापुर बर्दियाको शैक्षिक, भौतिक र आर्थिक पक्षलाई सुदृढ बनाउने नवनिर्वाचत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार उपाध्यायले वताउनु भएको छ । विद्यालयमा आयोजित अभिभावक भेलाले सर्वसम्मत रुपमा अध्यक्षको जिम्मेवारीमा दिएपछि भेलामाबोल्दै उपाध्यायले आफ्नो काधमा जिम्मेवारी थपिएको प्रष्टपार्नु भयो ।

अभिभावक, विद्यालय प्रशासन शिक्षक कर्मचारी र विद्यार्थीहरुको सम्बन्ध सुमधुर बनाउँदै शैक्षिक बातावरण विकास गर्ने प्रतिवद्धता उहाँको छ । सामुदायिक विद्यालयको विकास विस्तार र शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यालयका समितिलाई सरकारले पनि विशेष महत्व दिदै आएको छ । समितिमा ४ जना अभिभावकहरु सर्वसम्मत छनौट भए पछि समितिले पूर्णता पाएका छ । समितिको सदस्यमा अभिभावक बाट जंजिरुवा थारु, जयरानी चौधरी, लोहारमान चौधरी र सितापति चौधरी सर्बसम्मत रुपमा छानिनु भएको थियो ।

विद्यालयको समितिमा चयन हुने १ जना महिलामा सावित्री शर्मा बख्रेल र शिक्षाविद् तथा बुद्धिजीविमा अमर शहीद श्री दशरथ चन्द मा वि राजापूरका पूर्व शिक्षक राजकुमार उपाध्यायलाई बैठकले मनोनित गरेको थियो । समितिमा वडाध्यक्ष विदुर पोख्रेल, शिक्षक प्रतिनिधि बलराम भण्डारी, तथा सदस्य सचिवमा प्रअ सरोज कुमार झा गरि ९ सदस्यीय समितिले पूर्णता पाएको विद्यालय निरीक्षक दल बहादुर चौधरीले वताउनु भयो । अभिभावक भेलामा प्रधानाध्यापक सरोज कुमार झाले विद्यालयको प्रगति प्रतिवेदन र लेखापाल हिमांशु चौधरीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद चौधरीको अध्यक्षतामा विद्यालयमा भव्य तथा सभ्य रुपमा व्यवस्थापन समितिको गठन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष विदुर पोख्रेल, विशिष्ट अतिथि राजापुर नगरपालिका शिक्षा शाखा प्रमुख दल बहादुर चौधरी, विभिन्न दलका पार्टी प्रतिनिधिहरु रहनु भएको थियो । अन्य अतिथिहरुमा विव्यस तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षक कर्मचारी, समाजसेवी बुद्धिजीवि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयमा आयोजित कार्यक्रममा मन्तव्य दिने अतिथि तथा अभिभावकहरुले विद्यालय जस्तो पवित्र ठाँउमा सहमति र सहकार्यका साथ सबै पक्षलाई समेट्दै विगतमा रहेको शैक्षिक शाखलाई फर्काउन यो समिति सफल रहोस् भनी शुभकामना दिएका थिए । पूर्व शिक्षकलाई विव्यसको अध्यक्षको जिम्मेवारी दिएर राजापुरको अमर शहीद विद्यालयले स्वागत तथा नमूना योग्य काम गरेको र यसमा प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्ने सम्पूुर्ण समाजसेवी, बुद्धिजीवि धन्यवादका पात्र भएको राजापुरका बुद्धिजीविहरुले वताएका छन् ।

तपाइको मत