fbpx

एभिन्युजकर्मी आचार्य सम्मानित

एभिन्युजकर्मी आचार्य सम्मानित

प्रमिला चौधरी बर्दिया । एभिन्युज टेलिभिजन बर्दिया सम्वाददाता दुर्गा आचार्य सम्मानित भएका छन् । उद्योग वाणिज्य संघ बर्दिया, गुलरियाले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदरगर्दै आचार्यलाई कदर पत्र सहित सम्मान गरेको हो ।
एभिन्युज टेलिभिजन मार्फत व्यापारीहरुको हकहित तथा लकडाउनका समयमा उल्लेख्य भूमिका खेलेको भन्दै कदर पत्र प्रदान गरिएको छ । चैत्र २३ गते सम्पन्न उद्योग बाणिज्य संघ गुलरिया बर्दियाको ९ औं अधिवेशन बाट निर्वाचित पदाधिकारी हरुको पदभार ग्रहण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले दोसल्ला ओढाई कदर पत्र प्रदान गरेका हुन् ।
उद्योग वाणिज्य संघले सगरमाथा टेलिभिजनका संवादाता मुरली गोडिया र लुम्बिनिपत्र दैनिकका प्रकाशक तथा सम्पादक यमनाथ घिमिरेलाई पनि सम्मान गरेको छ । । उद्योग बाणिज्य संघ गुलरियाको ९ औ अधिवेशन मार्फत देवेन्द्र पाण्डेको नयाँ नेतृत्वको कार्यसमित निर्वाचित भएको छ ।

तपाइको मत