राजापुरको महाकालेश्वर मन्दिरमा कल्पबृक्ष रोपण
- सोमबार श्रावण १६ , २०७९
मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिकामा आज दुर्लभ र धार्मिक आस्था बोकेको कल्पवृक्ष विरुवाको रोपिएको छ । राजापुरमा रहेको महाकालेश्वर शिव मन्दिरमा आज श्रावण महिनाको तेस्रो तथा पवित्र दिन पारेर राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले कल्पवृक्ष रोप्नु भएको हो ।

समुन्द्र मन्थन गर्दा निस्केको १४ रत्न मध्येको १ रत्न मानिने कल्पवृक्षका वारेमा हिन्दु धर्मका प्रसिद्ध पुराण तथा महाभारतका कथाहरुमा वर्णन गरिएको छ । विरुवा रोप्दै राजापुर नगरपालिकाका नगरप्रमुख थारुले राजापुर क्षेत्र तत्कालिन मध्य तथा सुदुर पश्चिम क्षेत्रकै व्यापारिक क्षेत्र रहेको र यहाँका सम्पूर्ण धार्मिक धरोहरहरु, मठ, मन्दिरको संरक्षण र विकास गरी पर्यटन प्रवर्धनमा स्थानीय सरकार सकारात्मक रहेको वताउनु भएको छ ।

कार्यक्रममा राजापुर नगरपालिकाका नगर उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, प्रकृति प्रेमी तथा कल्पवृक्ष दाता कृष्ण जंग शाह, समाजसेवी बुद्धिजीवि, राममणि उपाध्याय, सावित्री पुरी, यस क्षेत्रका ज्योतिष गुरु पुरोहितहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी, धार्मिक ब्यक्तित्वहरु लगायत स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । महाकालेश्वर शिव मन्दिरमा गरिएको औपचारिक कार्यक्रमको सञ्चालन माधव प्रसाद रिमालले गर्नु भएको थियो ।