fbpx

बर्दियामा पाटेबाघको संख्या बढेर १ सय २५ पुग्यो

बर्दियामा पाटेबाघको संख्या बढेर १ सय २५ पुग्यो

यादव आचार्य, बर्दिया । बर्दियामा बाघको संख्या बृद्धि भएको छ । नेपालमै पाटेबाघको संख्या दोब्बर नाघेको हो । विश्वबाटै बाघ लोपहुने आशंकाले सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाईने देशहरुले गरेको प्रतिवद्धता अनुरुप नेपालले सन् २०२२ मा लक्ष्य पुरा गरेको छ ।

निकुञ्ज विभागले विश्व वाघ दिवसको अवसर पारेर शुक्रवार काठमांडौमा वाघ गणनाको नतिजा सार्वजनिकगर्दै बाघको संख्या उल्लेख्य मात्रामा बृद्धि भएको घोषणा गरेको छ । नेपालमा गरिएको पछिल्लो बाघ गणनाको नतिजा अनुसार चितवनमा १२८, बर्दियामा १२५, पर्सा ४१, शुक्ला ३६ र बाँकेमा २५ वटा गरी ३५५ वटा पाटेबाघ पुगेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय गुलरिया बर्दियाका संरक्षण अधिकृत विनयकुमार झाले जानकारी दिए । अघिल्लो गणनाको तुलनामा नेपालमा १२० वटा बाघ बढेको छ ।

बाघ संरक्षणको प्रतिवद्धता गर्दा सन् २०१० मा नेपालमा १२१ वटा बाघ थिए । सन् २०२२ को गणनाको नतिजा अनुसार दोब्बर भन्दा ११३ वटा बाघ बढी छन् । बासस्थान ब्यवस्थापन, उल्लेख्य आहारा प्रजाती, चोरी शिकार नियन्त्रण र बाघ संरक्षणमा समुदायको सहकार्यले गर्दा बाघको संख्यामा बृद्धि भएको बताईएको छ । पछिल्लो नतिजा अनुसार सन् २०१८ को तुलनामा चितवनमा ३५, बर्दियामा ३८, पर्सा २३, शुक्ला २० र बाँके राष्ट्रिय निकुञ्जमा ४ ओटा पाटेबाघ बढेका छन् ।

तपाइको मत