बर्षा लागेपछि निकुञ्जमा जंगल ड्राईभ बन्द
- सोमबार श्रावण १६ , २०७९
चुरेकुञ्ज, गुलरिया । बर्षा शुरु भएसँगै निकुञ्जमा जंगल ड्राईभ बन्द गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले बर्षातको समयमा जंगल भित्र हुनसक्ने विपदलाई मध्यनजरगर्दै सोमवारदेखि बर्षा नरोकिए सम्मका लागि जंगल सफारी निषेध गरेको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि निकुञ्जले जंगल सफारी बन्द गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । निकुञ्ज भित्र गाडी सफारी बाहेक अन्य सबै गतिविधिहरु निर्वाध संचालनमा छन् । बर्षाका कारण बाटो विग्रिने, रुखहरु लड्ने, खोलाहरुमा बाढी आउने भएकाले सफारीमा गएका पर्यटकहरुले दुःख झेल्नुपर्ने भएकाले पनि हामीले गाडी सफारी निषेध गरेका हौं ।
अन्य सफारी लगायत अवलोकनका लागि निकुञ्ज खुला छ । पानी पर्न छाडेर घाम लागेपछि पुनः सुचना जारीगर्दै जंगल सफारी खुला गर्ने संरक्षण अधिकृत श्रेष्ठको भनाई छ । बर्षाको बेला जंगलमा गाडी सफारी गर्दा विपदजन्य समस्याहरु आईपर्ने भएकाले पनि पर्यटकलाई दुःख मुक्त गर्न सूचना जारीगर्दै बर्दिया राष्ट्रिय निकुञ्जले जंगल सफारी बन्द गरेको हो ।