fbpx

कर्मचारी संगठन बर्दियाद्वारा विरामीलाई फलफूल वितरण

कर्मचारी संगठन बर्दियाद्वारा विरामीलाई फलफूल वितरण


चुरेकुञ्ज, बर्दिया । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बर्दियाले सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा गुलरिया अस्पताल बर्दियाका विरामीहरुलाई फलफुल वितरण गरेको छ । अस्पतालका आपतकालिन तथा अन्तरंग सेवा लिईरहेका ४५ जना विरामीहरुलाई फलफूल वितरण गरेको हो ।

अघिल्ला बर्षहरुमा रक्तदान, राहत वितरण लगाएतका कार्यक्रम गरीरहेको संगठनले यस बर्ष अस्पताल भित्रका इमरजेन्सी, इन्डोर र सुत्केरी कक्षका विरामीहरुलाई फलफुल वितरण गरेको हो । फलफुल वितरण गर्दै संगठनले सम्पुर्ण विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । विभिन्न संघ संगठनले गर्ने यस्ता क्रियाकलापले अस्पतालका विरामीहरुलाई थोरै भएपनि सहयोग हुने अस्पतालका व्यवस्थापक बसन्त खनालले बताउनु भयो ।

उहाँले सबै सहयोगी हातहरुले विभिन्न अवसरमा अस्पतालका विरामीहरुलाई सहयोग गरेमा गरिब तथा विपन्न विरामीहरुलाई सहयोग हुने बताउनु भयो । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बर्दियाका अध्यक्ष कृष्णबहादुर विष्टले बर्दिया जिल्लामा सहिद मनोज, झपेन्द्र सुरेन्दको सम्झनामा विगतका बर्षहरुमा रक्तदान, बृक्षरोपण, राहत वितरण गर्दै आएको बताउनु भयो । यस बर्ष अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेर स्मृती दिवस मनाएका छौं ।

उहाँले भन्नुभयो पेशागत हक हित प्राप्तीको लागि लड्दै गर्दा आफ्नो जिवन बलिदानी दिएका सहिदहरु मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विकको सम्झानामा संगठनबाट स्मृति दिवस मनाउँदै आएका छौं । स्मृती दिवसको अवसरमा शनिबार बर्दिया र बाँकेको संयुक्त आयोजनामा नेपालमा ट्रेड युनियन आन्दोलन, इतिहास, उपलब्धि र आवश्यकता विषयक बृहत विचार गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

तपाइको मत