बर्दियाको राजापुरमा महिलामाथी छुरा प्रहार
- आइतबार श्रावण १५ , २०७९
मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिकामा एक महिला माथी छुरा प्रहार गरिएको छ । राजापुर नगरपालिका वडा नम्वर ५ मुखिया जयपुर बस्ने वर्ष ३२ का प्रभु चौधरीले त्रिवेणी बजारमा एग्रोभेट पसल सञ्चालन गरेर वस्ने ३० वर्षिया विनिता चौधरीलाई छुरा प्रहार गरेका हुन ।
छुरा प्रहारबाट विनिता घाईते भएकी छन् । फरार प्रभुको खोजी भैरहेको प्रहरीले जनाएको छ । राजापुर नगरपालिका वडा नं. ५ को झप्टी त्रिवेणी बजारमा एग्रोभेट पसल सञ्चालन गरि वस्ने स्थानीय राज वैद्यलाई खोज्दै आएका थिए । सोही वडाको मुखिया जयपुर वस्ने प्रभु चौधरीले वैद्यकी श्रीमति र छोरीलाई फलामको धारिलो हतियार बग्दा प्रहार गरी घाउचोट लगाएकोभन्दै पिडित पक्षले इलाका प्रहरी कार्यालय राजापुरमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।
पिडक चौधरी घटना पछि फरार रहेको र पिडितको जाहेरीको आधारमा आरोपित ब्यक्तीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।